गाविन्दे हात्तीले पर्सामा आतंक मच्चायो


चितवन राष्ट्रिय निकुन्जबाट गाउँ पस्ने जंगली हात्तीको आतंक नरोकिएपछि पर्साको ठोरीका बासिन्दा त्रसित बनेका छन् । राष्ट्रिय निकुन्जबाट गाउँ पसेको जंगली हात्तीले दिनहुँ घर भत्काउनुका साथै घरमा भण्डारण गरेको खाद्यान्न र खेतमा लगाएका अन्नबालीसमेत नष्ट गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका हुन् ।
 हात्ती नियन्त्रणका लागि चितवनको कसराबाट टोली  खटेको एकसाता वित्न लाग्दा पनि हात्ती नियन्त्रणमा आउनुको सट्टा झनै उत्पात मच्चाउन लागेपछि ठोरीबासी त्रसित बन्न पुगेको स्थानीय रामप्रकास कुवँरले जानकारी दिनुभयो । हात्तीले गएराति पनि ठोरीमा तीनवटा घर भत्काई दिएको छ भने ५ विघा भन्दा बढीमा लगाइएको मकै र गँहुबाली खाएर नष्ट गरिदिएको छ ।
 सम्साँझै जंगलबाट मानवबस्तीमा पसेको गोविन्दे नामको हात्तीले ठोरी गाविस वडा नम्बर १ रोजीनगरका अर्जुन गिरी, वडा नम्बर ३ सरस्वती नगरका होमनाथ भारती, वडा नम्बर ५ हनुमाननगरका तारा तामाङ्गको घर भत्काइ दिएपछि हात्ती नियन्त्रणका लागि ठोरीमा परिचालन गरिएको चितवन कसराका रेन्जर लक्ष्मणकुमार महत्तोले जानकारी दिनुभयो । हात्तीले घर भत्काउँदै उपद्रो मच्चाउने क्रम जारी राखेपछि चितवनको कसराबाट खटेको हात्ती धपाउने टोलीले नेपाली सेनाको सहयोगमा ३ राउण्ड हवाईफायर गरेको महत्तोले जानकारी दिनुभयो । आफूहरुले हात्ती धपाउनका लागि निकै प्रयास गरेको भएपनि गाउँलेको घर भत्काउन र खेतमा लागएको मकै र गहुँ खान हात्तीले नछोडेपछि बाध्य भएर सेनाले हवाईफायर गरेको महत्तोले बताउनु भयो ।
हात्तीले अघि अघि उपद्रो मच्चाउने र टोलीले पछाडिबाट धपाउने प्रयास गर्दा पनि वडा नम्बर ५ का रहरमान घलानको ५ कठ्ठामा लगाएको मकैबाली खाइदिनुका साथै अन्यको गहुँबालीमा नोक्सानी पु¥याएको पीडितले बताएका छन् । यसअघि पनि हात्तीले करिव दुईदर्जन स्थानीयको घर भत्काइ दिएको थियो भने हात्ती धपाउने टोलीले ११ राउण्ड हवाईफायर गरेको थियो । गएको असोज ३० गते हात्तीको आक्रमणबाट ठोरीमा स्थानीय रामप्रसाद मोक्तानको ज्यान गएको थियो । ठोरीमा हात्ती नियन्त्रणका लागि भन्दै ऋषि ढकालको नेतृत्वमा तीन सदस्यीय टोली खटेको एक हप्ता वितिसके पनि हात्ती नियन्त्रणमा लिन नसके पछि ठोरीका बासिन्दा अहिले आक्रोसित भएका छन् ।
    यता पर्साको बगवाना ४ का स्याङ्तान बाजे भनिने वीरबहादुर स्याङ्तानको घर गएराति हात्तीले भत्काएको छ । स्याङ्तानको घरका साथै भकारीमा रहेको धान, मकैलगायतका खाद्यन्नसमेत नष्ट भएको छ । विगत केही दिनदेखि चितवनको माडी, पर्साको ठोरीमा आतंक मच्चाउँदै आएको हात्ती अहिले बागवान पसेको छ । हात्तीले बगवाना वडा नम्बरमा ९ मा समेत तीनवटा घर भत्काएको स्थानीय बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको