पत्रकार थापाको हत्या बारे छानबिन भए शान्ती प्रकरण भङ्ग हुने प्रधानमन्त्रिका प्रमूख राजनितीक सल्लाहाकार देवेन्द्र पौडेलको चेतावनी

                           प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरी कारवाही हुने भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनु भएको छ ।  उहाँले द्धन्दकालमा भएका घटनाको छानविन गरिए द्वन्दकालमा सरकारको नेतृत्व गरेका एमाले र काँग्रेसका नेताहरु पनि तानिने चेतावनी दिनुभयो । पौडेलले भन्नुभयो,’आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहि पुगिदैन । शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको छ ।’ द्धन्दकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरL मिलाउनु पर्ने भन्दै उहाँले यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन u/]  सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । रिपोर्टर्स क्लब नेपालले आh राजधानीमा गरेको साक्षात्कारमा पौडेलले भन्नुभयो,’यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । उनीहरुले आन्दोलन गरे हामी पनि चुप लागेर बस्दैनौ ।’माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएकाले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै उहाँले सम्झौता विपरित गतिविधी भए प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने पौडेलले बताउनुभयो ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको