चैत १ गतेदेखि विपन्न वर्गका मिगौला रोगीहरुलाई निःशुल्क डाईलोइसिस

राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीले मिगौला दिवसको अवसर पारेर  चैत १ गतेदेखि विपन्न वर्गका मिगौला रोगीहरुलाई निःशुल्क डाईलोइसिस सेवा उपलब्ध गराउने भएको छ । विश्व मिगौैला दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले दिनप्रतिदिन बढ्दै गएका मिर्गौला रोगीहरुको अवस्थालाई मध्यनजर गरी सेवा उपलब्ध गराउने घोषणा गरेको जनाएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गएको वर्ष केन्द्रले साढे ३६ हजार सेसन डाइलाइसिस गरेकोमा आउने वर्षदेखि वर्षको ४० हजार रोगीहरुको निशुल्क डाइलाइसिस गर्ने जानकारी पनि दिइयो । कार्यक्रममा राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद आचार्यले केन्द्रले अब आप्mनै भवन निर्माण गरेर अत्याधुनिक तरिकाबाट स्तरीय सेवा दिने पनि बताउनुभयो । डाइलाइसिस गर्न महिनाको ३५ हजार खर्च लाग्ने उपचार जो कोहीले गर्न नसक्ने भएकाले मिर्गौला रोगीको सङ्ख्या घटाउन वर्षमा एक पटक आवश्यक जाँच गराउनुपर्ने सुझाव पनि कार्यक्रममा दिइयो । मिर्गौला पीडित सोनाम लामा (साथी) ले आफूले पाएको दुःख अरुले नपाउन भन्नका लागि समय समयमा रगत र पिसाब जचाउन आग्रह गर्नुभयो ।

, , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको