अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षमा रेग्मीले सपथ लिदै

अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सथपग्रहण गर्दै हुनुहुन्छ । दलहरुको गएरातीको सहमति अनुसार आज बिहान ९ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । दलहरुबीच ९ बजे नै सपथग्रहणको कार्यक्रम तय गरिए पनि तयारीका लागि केही समय लाग्न सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ । सरकार प्रमुखको जिम्मेवारी दिन लागिएका प्रधानन्यायाधीश रेग्मीलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । गएराती ११ बजे नै शपथ गराउने तयारी भए पनि अन्तिम समयमा आज बिहानका लागि सारिएको हो । आज प्रधानन्यायाधीश रेग्मीले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका रुपमा सपथग्रहण गरेपछि उहाँ सर्वोच्च अदालतको जिम्मेवारीबाट निस्कृय रहनुहुनेछ । दलहरुबीच भएको ११ बुदे सहमति अनुसार रेग्मीले निजामति सेवाका पूर्व प्रशासक र स्वतन्त्र व्यक्ति रहेको ११ सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ । २३ वैशाख २०६८ देखि प्रधानन्यायाधीशका रुपमा कार्यरत रेग्मी पदमै रहेर मुलुकको कार्यकारी प्रमुख बन्ने नेपालकै पहिलो व्याक्ति हुनुहुन्छ । दलहरुको सहमति अनुसार रेग्मी नेतृत्वको सरकारले आगामी ७ असारभित्र संविधानसभाको निर्वाचन गर्नुपर्नेछ । रेग्मीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति रामबरण यादवले मन्त्रिपरिषदले सिफारिस गरेको २५ बँुदे बाधा अड्काउ फकाउ अध्यादेश स्वीकृत गरिसक्नु भएको छ । प्राविधिक कारणले  काबु बाहिरको परिस्थिति उत्पन्न भई निर्वाचन हुन नसके रेग्मी नेतृत्वको सरकारलाई आगामी मंसिर मसान्तसम्मको अन्तिम समयसीमा तोकिएको छ । तर, अर्को मिति भने उच्चस्तरीय राजनीतिक समितिको सहमतिमा मन्त्रिपरिषद्ले तय गर्ने सहमति गरेको छ ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको