स्ववियू चुनाव स्थगित

स्ववियु निर्वाचनकै पूर्व सन्ध्यामा आएर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा एमाओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी तथा नेविसङ्घ र अनेरास्ववियुबीच तीन दिनअघि भएको झडपका कारण धरानमा चारवटा क्याम्पसमा तालाबन्दी गरिएको छ। महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र पिण्डेश्वर संस्कृत क्याम्पसमा तालाबन्दी भएका कारण ती क्याम्पसमा स्ववियु निर्वाचन हुने परिस्थिति प्रतिकूल हुन पुगेको छ।
यसैबीच
स्ववियू निर्वाचन सुनिश्चितताको माग गर्दै विद्यार्थीहरु राजधानीको विभन्न क्याम्पस अगाडी प्रदर्शनमा उत्रिएका छन। स्ववियूको चुनावको मिति स्थगित भएपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन।
राजधानीको प्रदर्शनी मार्ग स्थित आर आर क्याम्पस, घण्टाघर नजिकै रहेको रहेको त्रिचन्द्र र बागबजारमा रहेको पद्म कन्या क्याम्पस अगाडी नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन।
उता
विद्यार्थी संगठनहरु विच विवादका कारण रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गराउन माग गर्दै ठमेलमा रहेको सरस्वती क्याम्पसका विद्यार्थीले रिले अनशन सुरु गरेका छन्। विहिवारबाटै क्याम्पस प्रशासन अगाडी विद्यार्थीहरुले अनशन सुरु गरेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य लाओस राईले जानकारी दिनुभयो।
यता
( तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माग गर्दै राजधानीको पद्म कन्या क्याम्पसमा केही विद्यार्थीहरु रिले अनसन बसेका छन् । नेपाल विद्यार्थी संघकी शोभा भण्डारीको नेतृत्वमा ६ जना विद्यार्थीहरु बिहीबार बिहानबाट अनसन थालेका हुन् ।
0 comments