क्यान्सर पीडित डा.वाग्लेलाई वास्ता गरेन सरकारले,"मलाई गोली हानेर मारिदेओस्,कि देह त्याग्ने अनुमति देओस्"

काठमाडौ , जेष्ठ १७ - भारतको नया दिल्लीमा एपेन्डिक्स क्यान्सरको उपचार गराइरहेका बरीष्ठ चिकित्सक चित्रप्रसाद शर्मा वाग्लेलाई सरकारले आस्वासन मात्र दिएर झुक्याएको छ । सरकारले लामो समय दुर्गममा बसेर स्वास्थ्य सेवा पुर्याएकाले सम्पुर्ण उपचार खर्च ब्यहोर्ने प्रतीबद्धता गरेको थियो । मिडियामा डा.वाग्ले उपचार खर्च अभावमा उपचारबाट बन्चित हुनु परेको समाचार प्रकाशन तथा प्रसारण भएपछि डा. बाबुराम भट्राईको सरकारले सम्पुर्ण उपचार खर्च ब्यहोर्ने प्रतीबद्धता गरेको हो ।
 रुपन्देही मुर्गिया घर भएका वाग्लेलाई सरकारले २५ वर्ष दुर्गम जिल्लाहरुमा खटाएपनि बिरामी हुँदा भने वास्ता गरेको छैन । झण्डै १२ वर्ष अर्घाखाँची जिल्ला अस्पतालमा प्रमुख रहेर सेवा गर्नुभएको वाग्ले डब्लुएचओको स्कलरसिपमा एमपिएच अध्ययनका लागि विदा लिएर थाईल्याण्ड पुग्नु भएको थियो |शर्मालाई त्यही क्याक्सर लागेको थाहा भएको थियो ।
  रिटायर लाईफ विदाउनुपर्नै बेलाका चिकित्सक अहिले अस्पतालको शैयामा जीवनका लागि हारगुहार गर्नुपरेको छ ।
 डा. वाग्लेले आफ्नो जीवन छोटो र साना बालबालीका भएकाले घरखेत बेचेर उपचार गराउन नसकेको बताउनु भएको छ । मेरो जीवन छोटो छ, सबै सकेर कसरी मर्ने ? बालबालीकालागी केहि त राखीदिनु पर्यो, बरु मर्छु सबै सकेर बाच्दिन’, उहाले भन्नुभयो ।
मेडिकल बोर्डले दश महिना अघि डा. वाग्लेको उपचार नेपालमा संभव नभएकाले दिल्ली जान सुझाव दिएको थियो ।उहाले उपचारका लागी हालसम्म २५ लाख भन्दा बढि निजी खर्च गरीसकेको र थप लाग्ने करीब ३० लाख रुपीया आफुले खर्च गर्न नसक्ने बताउनु भएकोछ । उहा ले सरकारबाट ५ लाख मात्र सहयोग पाएको बताउनु भएको छ ।
लामो समय निस्वार्थ दुर्गममा सेवा पुर्याउनुभएको डा. वाग्लेले सरकारको सहयोग पाए केहि समय बाच्न सक्ने आशा ब्यक्त गर्नुभएको छ  । निस्वार्थ सेवा पुर्याउने ब्यक्तिलाई सरकारले सहयोग नगरे भोलीका दिनमा यस्ता ब्यक्ति पाउन नसक्ने बिशेषज्ञ चिकित्शकहरुको भनाई छ ।
 डा. वाग्लेले अस्पताल बाटै फेरि नेपाल सरकार लाइ "राज्यले मेरो उपचारमा लाग्ने खर्च बेहोर्न नसक्ने हो भने कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस"भने गुनासो सहित को पत्र पठाउनु भएको छ ..त्यस पत्रमा यस्तो लेखिएको छ

 डा.चित्र प्रसाद हेल्थ कोषमा सहयोग गर्न चाहनु हुने ईच्छुक महानुभावहरुले खाता नाम = ॐ हेल्थ फाउण्डेसन डा. चित्र प्रसाद हेल्थ कोष, नेपाल बैंक लिमिटेड चाबहिल शाखा, खाता नम्बर = ००६४ –११–००१३४८२ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

, , , , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको