पारिश्रमिक नपाएको भन्दै शोभिताको उजुरी :The last kiss"
काठमाण्डौका १६ र बाहिरका ५ गरी २१ वटा
हलमा चलिरहेको चलचित्र ‘द लास्ट किस’ विरुद्ध यही सिनेमाको मुख्य नायिका
शोभिता सिंखडाले उजुरी हालेकी छिन् । उनले, चलचित्र विकास वोर्डका अध्यक्ष
गणेश भण्डारीलाई फोन गरेर आफुले पारिश्रमिक नपाएको वताएकी हुन् ।
‘द लास्ट किस’का निर्माताले आफुलाई सम्झौता बमोजिमको रकम नदिएको भन्दै उनले विकास वोर्डका अध्यक्षलाई मौखिक रुपमा उजुरी गरेको थाहा भएको छ । शोभिताको उजुरी आएपछि अध्यक्ष भण्डारीले निर्माता युवराज खत्रीलाई फोन गरी आफैमा यो कुरा मिलाउन भनेका थिए ।
शुक्रवारवाट प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन नै १० लाख माथिको व्यापार गरेको छ । नायिकाको उजुरी परेपछि निर्माता खत्री तनावमा छन् । तर नायिका शोभिताले भने, आफुले लिखित उजुरी पनि दिन सक्ने वताउँदै भनिन्, सिनेमा चलिरहेको समयमा किन अप्ठ्यारोमा पारौँ भन्ने सोचेर मौखिक रुपमा मात्र जानकारी गराएकी हुँ ।
उनले आफुले सिनेमामा सम्झौता गरेअनुसारको पुरा पारिश्रमिक नपाएको वताएकी छिन् । मलाई पैसाको भन्दा पनि आफुले प्रमोशन नपाएकोमा मुख्य गुनासो हो, शोभिताको भनाई छ । निर्माणपक्षले नायिका शोभिताको भन्दा कलाकार वेवी रोजाको प्रमोशन धेरै गरेपछि नायिका सिंखडा चिढिएकी हुन् । तर, निर्माणपक्षले भने आफुहरुले शोभितालाई पुरा पारिश्रमिक दिएको दावी गरेको छ ।
यता, शोभितासँग लफडा परिरहेको ‘द लास्ट किस’को निर्माण पक्षलाई अर्को लफडा पनि परेको छ । चलचित्र चलेको दोश्रो दिनमा प्रचारका लागि शहरका भित्तामा टासिएको पोष्टर च्यातिएको निर्माता युवराज खत्रीले वताए । उनले भने, ‘हाम्रो सिनेमाको मात्र पोष्टर च्यातिएको छ ।’ थोरै वजेटमा तयार भएको ‘द लास्ट किस’ले सुरुवातका दुई दिनमै निर्मातालाई राम्रै रकम गोजीमा हालि दिएको छ ।

0 comments