‘तल्लो जात’ की युवतिसँग विवाह गरेको भन्दै घर निकाला
सल्यानको चादेकरेन्जी ४ का सन्दिप विक र उनकी श्रीमति निर्मला परियार घरबार विहीन भएका छन् । परियार युवतिसँग प्रेम विवाह गरेको भन्दै विक घर निकालामा परेका हुन् ।
आन्तरिक छुवाछुत यथावत् रहेका कारण उक्त विवाहलाई अस्वीकार गर्दै बुबाआमाले नै छोराबुहारीलाई घर निकाला गरेका हुन् । ‘तल्लो जात’ की युवतिसँग विवाह गरेको भन्दै दुव्यवहार गर्दै सम्पति समेतबाट बञ्चित गराई घरबाट निकालेको सन्दिपले बताएका छन् ।
आमाबाबुले गरेको दुरव्यवहारका बारेमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कसैले चासो नदिएको सन्दिपले गुनासो गरेका छन् । बेघर भएका उनीहरु जीविकोपार्जनका लागि भारतको हैदराबाद जाने तयारी गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
छुवाछुत मुक्त घोषणा गरेपनि परम्परागत संस्कार अहिलेसम्म अन्त्य नभएको भन्दै पिडित दम्पतिले दुखेसो पोखेका छन् ।
0 comments