एक महिना भित्रमा सुत्केरी हुन्छिन ऋचा घिमिरे "गर्भमा छोरा"
डाक्टरले दिएको मिती अनुसार एक महिना भित्रमा सन्तानलाई जन्म दिन लागेकी
अभिनेत्री ऋचा घिमिरे र दुई महिना भित्रमा सन्तान जन्माउन लागेकी सञ्चिता
लुईटेललाई फिल्मकर्मीले दही चिउरा खुवाए । सन्तान जन्मनु पूर्व दही
चिउरा खुवाउने प्रचलन यदाकदा चलेकाले त्यसलाई फलो गर्दै ऋचाकै निवासमा एक
जमघटका विच दही चिउरा खुवाईएको हो ।
अभिनेत्री मेलिना मानन्धरले दही चिउरा खुवाउन शुरू गरेपछि अरूणिमा लम्साल
सहित अभिनेता मुकेश ढकाल, करियोग्राफर गोबिन्द राई, हेयरड्रेसर लोकेश
थापाले पनि आम बन्ने तयारीमा रहेका दुई अभिनेत्रीलाई दही चिउरा खुवाए ।
सबैले दही चिउरा खुवाएर सकेपछि ऋचा र सञ्चिता एक अर्काले पनि दही चिउरा
खुवाए । दही चिउरा खुवाउन निर्देशक सुरेश दर्पण पोखरेल, करियोग्राफर पुनम
राई, थ्री लभर्स हिरो देबु श्रेष्ठ लगायत फिल्मकर्मी ऋचा निवास पुगेका थिए ।

0 comments