पहिरोमा परी ७ जना नेपाली भाषीको मृत्यु
भारतको सिक्किममा गएको पहिरोमा परी सात
जना नेपाली भाषीको मृत्यु भएको छ । सिक्किमको नाथाङ-माओङ क्षेत्रमा गएको
पहिरोमा परी एकै परिवारका तीन सहित सात जनाको मृत्युभएको बताईएको छ ।
बिहीबार रातीदेखि परेको अविरल बषर्ाका
कारण उक्त गाउँका आठ घर बगाएको थियो । मृत्युहुनेहरुमा दिलमान, मणिमाया र
टिका राई एकैपरिवारका हुन भने । स्थानिय महेन्द्र राई, नेहाल राई,
चन्द्रकुमारी राई र मोहन राई रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गत बर्ष पनि सिक्किममा गएको पहिरोमा परी १३ जना नेपालीभाषीको मृत्यु भएको थियो ।
0 comments