`मायाज बार` मा स्वर्गीय राजा वीरेन्द्र
नेपालमा पनि प्रविधिले कसरी फड्को मारेको छ त्यो हेर्न मायाज बारको शुक्रबारको रिलिज कुर्नुपर्ने हुन्छ । फिल्म पूर्ण रुपमा अब्बल भएर होला निर्देशक दिनेश डिसीले धेरै पछि फिल्मी बजारमा प्रिमियरको भब्य रौनक देखाउँदैछन् । प्रिमियर पनि विगतका भन्दा पृथक शैलीलॆ रिलिजको दुई दिन अघि पर्सी बुधबार आयोजना गर्न लागेका छन् उनले । फिल्मी मार्केटमा निकै गरम बनेको मायाज बार चर्चाको प्रमुख कारण डिसी नै हुन् भन्दा फरक पर्दैन ।
मल्टी ट्यालेन्ट डिसी नै यो फिल्मको चर्चाका लागि त्यस्तो ब्यक्ति बनिदिए जसको कारणले नेपालमा स्टार पावरको भ्यालु छैन भन्ने कुरा देखाउन खोजिएको पनि छ । निर्माता रोज राणाको भनाईलाई यहाँ सापटी लिने हो भने पछिल्लो समय स्टारहरुको टाउको नविकेकाले फिल्म चल्न छाडेका हुन् । मायाज बार हट केक बन्नुको कारण न त निशा अधिकारी हुन् न त राजेश हमाल अनि न त करिश्मा मानन्धर । किन कि उनीहरुले खेलेका फिल्मको यस अघि यो शैलीले चर्चा भएको थिएन । तर, डेढ दश अघि राजेश र करिश्माको हकमा भने स्टार पावरको भ्यालु थियो । पछिल्लो समय फिल्मीबजारमा स्टार पावरको भ्यालु पूर्ण रुपमा घटिरहेको छ जसकारण उद्योगलाई ठूलो झट्का नलाग्ला भन्न सकिन्न ।

मायाज बार आउँदो १२ गते देखि राजधानी र १८ देखि मोफसलमा रिलिज हुदैछ । समग्र फिल्म हेरे पश्चात मायाजको तौल कस्तो निस्किएला त्यो भोलीको कुरा तर फिल्मी मार्केटमा मस्ट अवईटेड मुभी बनेको छ मायाज बार । यो फिल्ममा विश्वका कान्छा फोटो ग्राफर रिरेन्द्र श्रेष्ठ बालकलाकारको रुपमा छन् भने प्रमुख आकर्षणको केन्द्रको रुपमा सप्राईज दिदै डिसीले स्वर्गीय राजा वीरेन्द्र शाहलाई आधा मिनेट बढी स्क्रिनमा देखाउँदैछन् ।पात्रको रूपमा आफूले वीरेन्द्रसंग अवार्ड लिएको दृश्य समेटेको र सो दृश्य हेर्दा दर्शक केही चकित हुने डिसीको भनाई छ । तर कसरी र किन वीरेन्द्रलाई मायाज बारमा समेटियो त्यसका लागि फिल्म हेर्ने पर्ने डिसीको तर्क छ । डिसीले स्वर्गीय वीरेन्द्रलाई बर्तामान अवस्थामा सक्रिय रहेको पात्रसंग अभिनय गराएका छन् जुन प्रविधिको साहयताले मात्र नयाँ प्रयोग भनेका छन्
0 comments