बिन्दासको प्रोमोशनमा शुष्मा
हट फोटोमा आफूलाई गलत किसिमले प्रयोग गरेको आरोप लगाउँदै फिल्म 'बिन्दास' को कुनै पनि प्रोमोश्नल गतिबिधीमा साथ नदिने बताउँदै आएकी नायिका शुष्मा कार्की सोमबार भने अचानक काठमाण्डौ मल अगाडी सोही फिल्मका निर्माण युनिटको साथ भेटिईन् ।
कलाकारलाई नै पोस्टर टाँस्न लगाउँदा फिल्मको पब्लिसिटी हुने भएकाले यस्तो गरेको निर्माता मधुकुमारले बताए । 'भोली देखी हामीले राजधानीका सयौं गाडीमा पोस्टर टाँस्ने छौं', निर्माता श्रेष्ठले भने, 'शहरका चोक चोकमा होर्डिङ बोर्ड पनि लाग्ने तयारी हुँदैछ ।' अर्का निर्माता राजुले शुष्माको शुरूमा बनाईएको पोस्टर भने अब सार्वजनिक नगर्ने बताए । उनले भने, 'त्यो पोस्टरले अलि बढि नकारात्मक टिप्पणी जन्मायो त्यसैले अब त्यसलाई हामीले प्रिन्ट नगर्ने निर्णय गरेका हौं ।'
फिल्ममा अहिलेका युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको निर्माण युनिटको भनाई छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीत अहिले निकै चर्चामा छन् ।
filmy khabar
0 comments