कान्तिपुर अस्पताल आकस्मिक सेवा ठप्प


तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिको आकस्मिक सेवा पनि आज बिहानदेखि बन्द भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन कान्तिपुर अस्पताल मूल एकाइले आफ्ना विभिन्न मागलाई व्यवस्थापन पक्षबाट सम्बोधन नभएको जनाउँदै आकस्मिक सेवा पनि बन्द गराएको हो । सङ्गठनका अध्यक्ष विकास अधिकारीले अस्पतालका सम्पूर्ण अस्थायी कर्मचारीलाई स्थायी गरिनुपर्ने, व्यवस्थापन पक्षबाट एकतर्फीरुपमा कर्मचारी निष्काशन कार्य बन्द गरी निष्काशित भनिएका कर्मचारीको निष्काशन फिर्ता गरिनुपर्ने, तलबलगायतका सुविधा समयमा दिनुपर्ने माग गर्नुभयो ।  अस्पताल व्यवस्थापनले अस्पतालको नियमविपरीत काम गरेका छ कर्मचारीलाई निष्काशन गर्ने सूचना हालै प्रकाशन गरेको थियो । करिब १०० शैय्या क्षमताको अस्पतालको साधारण सेवा कर्मचारी आन्दोलनकै कारणबाट केही दिनदेखि बन्द हुँदै आएको छ । 

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको