तीन महिनाको बच्चा स्यालले खायो
गएराति महोत्तरीको धिरापुर गाविसमा स्यालले एउटा बच्चालाई खाएको छ ।
धिरापुर–६ बस्ने रामहित यादवकी तीनमहिने छोरीलाई गएराति स्यालले खाएको
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
राति करिब ९ बजे खाना पकाइरहेको समय बच्चालाई आँगनमा राखी रोटीका लागि आटा ल्याउन आमा घरभित्र जाँदा अचानक स्याल आएर बच्चालाई तानेर वनमा लगेको थियो ।
आटा लिएर घर बाहिर आउँदा आमाले बच्चा नदेखेपछि रुँदै कराउँदै सपरिवार र छिमेकीले बच्चाको खोजी गर्दा घरनजिकैको खेतमा बच्चा आन्द्राभुँडी निस्केर गम्भीर घाइते अवस्थामा फेला परेको थियो । बच्चालाई राति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 comments