कसरी बन्ने ?ओभरसियर..............??????????????

सिटिइभिटीअन्तर्गतका थुप्रै शिक्षालयले ओभरसियर अध्यापन गराउँछन्। एसएलसीपछि डिप्लोमा इन इन्जिनियरिङ गर्न चाहनेहरूले यो बाटो  उपयोग गर्न सक्छन्। एसएलसीमा ४५ प्रतिशत ल्याएर उत्तीर्ण हुनेहरूले प्रवेश परीक्षामा प्रतिस्पर्धा गरेर ओभरसियरमा नाम निकाल्न सक्छन्।  सिटिइभिटीका आंगिक शिक्षालय एवं सम्बन्धन प्राप्त शैक्षिक संस्थामा विद्यार्थीले ओभरसियर अध्ययन गर्ने अवसर पाउँछन्। आंगिक  शिक्षालयमा शुल्क सस्तो हुन्छ भने सम्बन्धनमा केही महँगो।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ

तीन वर्षमा पढाइ सकिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिटिइभिटी तथा निजी क्षेत्रका ३६ शिक्षालयले पढाउने गरेका छन्। एउटा  शिक्षालयमा ३० देखि बढीमा ४८ जना भर्ना लिइन्छ। पूर्वाधार विकाससम्बन्धी सरकारी, गैरसरकारी एवं निजी क्षेत्रको कार्यालयमा सिभिल  इन्जिनियरको पद सिर्जना गरिएकाले यस्ता जनशक्तिको माग बढ्दो छ। सिटिइभिटीअन्तर्गतका सेती प्राविधिक शिक्षालय दीपालय र लाहान  प्राविधिक शिक्षालयमा यो विषय अध्यापन हुन्छ। यो विषय ओभरसियर पदका लागि योग्य मानिन्छ। डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण  गरेपछि विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्न सकिन्छ। यातायात, जिल्ला विकास समिति, विद्युत आयो जनालगायतका विकास निर्माणको सरकारी निकायमा यस्ता इन्जिनियरहरूको माग हुन्छ।

डिप्लोमा इन सर्भे इन्जिनियरिङ

तीनवर्षे डिप्लोमा इन सर्भे इन्जिनियरिङ हाल भू-सूचना अध्ययन प्रतिष्ठान बानेश्वरमा मात्र अध्यापन हुन्छ। यहाँ अध्ययनका लागि ४८  जनाको भर्ना क्षमता छ। यो विषयको अध्ययनपछि सरकारी निकायमा प्राविधिक सुब्बासरहको जागिरका लागि योग्य भइन्छ। गैरसरकारी तथा  निजी क्षेत्रमा भने आवश्यकताअनुसार जिम्मेवारी पाइन्छ। यो विषय अध्ययन गर्नेहरूले विश्वविद्यालयमा सर्भे इन्जिनियरिङतर्फ स्नातक तहको  अध्ययन गर्नसक्छन्।

डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ

डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ २५ वटा निजी शिक्षालयमा अध्यापन हुन्छ। त्यस्तै सिटिइभिटीको आफ्नै डिप्लोमा इन कम्प्युटर  इन्जिनियरिङ बनेपाले पनि २४ सिट क्षमतामा कक्षा सञ्चालन गरिरहेको छ। सम्बन्धन प्राप्त एउटा शिक्षालयमा समान्यतः ४८ जनाको भर्ना  क्षमता छ। यो तीनवर्षे पढाइ हो। यो विषय नेपालमा मात्र नभै विदेशमा पनि लोकप्रिय मानिन्छ। सरकारी रोजगारी भन्दा स्वरोजगारतर्फ  उन्मुख हुन यो विषय अध्ययन गरिन्छ।

डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ

तीनवर्षे डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ सिटिइभिटीका दुईवटा आंगिक शिक्षालयमा अध्यापन हुन्छ। यसका लागि ७८ वटा सिट छन्।  त्यसबाहेक सम्बन्धन प्राप्त २ शिक्षालयमा डिप्लोमा इन मेकानिकल अध्ययन गर्न सकिन्छ। यिनीहरूले कुल ९६ सिटका लागि भर्ना लिन्छन्।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत थापाथली इन्जिनियरिङ कलेजले डिप्लोमा इन मेकानिकल सञ्चालन गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयका  प्रमाणपत्र तहका सबै कार्यक्रम खारेज भैसकेको अवस्थामा यो मात्र एक कार्यक्रम अद्यावधि सञ्चालनमा छ। यसलाई पनि सिटिइभिटीअन्तर्गत  ल्याउने तयारी भैरहेको छ। इन्जिनियरिङ मध्ये मेकानिकल विषय सबैभन्दा खर्चिलो विषय मानिन्छ। मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका  विद्यार्थीले अस्टेलिया, क्यानाडा, अमेरिकाजस्ता विकसित देशमा बसाइँ-सराइको अवसर पाउँछन् भने खाडी मुलुकमा उच्च पारिश्रमिक प्राप्त  गर्न सक्छन्

डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ

इलेक्ट्रोनिक्स इन्जिनियरिङका कक्षा सञ्चालनका निम्ति सिटिइभिटीले निजी क्षेत्रका ११ वटा प्राविधिक शिक्षालयलाई सम्बन्धन दिएको छ।  सिटिइभिटीका २ वटा आंगिक क्याम्पसमा पनि ७८ सिटका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्छन्। यो विषय पढेपछि सम्बन्धित क्षेत्रमा  प्राविधिक नायब सुब्बासरहको रोजगारी पाइन्छ। एउटा शिक्षालयमा भर्ना क्षमता ४८ जनाको हुन्छ। डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ  उत्तीर्ण गरेपछि सरकारी तथा निजी क्षेत्रमा रोजगारी पाइन्छ। टेलिकमलगायत प्रसारण सञ्चार माध्यममा रोजगारीको अवसर प्राप्त हुन्छ।

डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ

सिटिइभिटीको भेरी प्राविधिक शिक्षालय, बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मनमोहन मेमोरियल पोलिटेक्निक, बनेपा पोलिटे क्निक इन्स्टिच्युटले इलेक्ट्रिकल इन्जिनियरिङ अध्यापन गराउँछन्। सिटिइभिटीकै अन्य दुइवटा आंगिक क्याम्पसले पनि यो विषयमा अध्यापन  सुविधा दिएका छन्। यसवाहेक अन्य ९ वटा निजी शिक्षालयले इलेक्ट्रिकल इन्जिनियरिङका अध्यापनका लागि सिटिइभिटीबाट सम्बन्धन लिएका  छन्। यो विषय अध्ययन गरेकाहरूले विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तह अध्ययन गर्ने योग्यता राख्छन्। यो विषय अध्ययन  गरे विद्युत् प्रधिकरण तथा हाइड्रोपावर परियोजनाहरूमा रोजगारी पाइने सम्भावना हुन्छ।

डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी

कम्प्युटर टेक्नोलोजीसँग सम्बन्धित कोर्स हो, डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी। सूचना तथा सञ्चार प्रविधिको बारेमा यो विषयमा अध्ययन  गर्ने विद्यार्थीले विस्तृत अध्ययन गर्न पाउँछन्। आइटी जनशक्ति उत्पादन गर्ने उद्देश्यले सिटिइभिटीले यो शैक्षिक कार्यक्रम थपेको हो। डिप्लोमा  इन इन्फरमेसन टेक्नोलोजी कम्प्युटर इन्जिनियरिङको आधारशिला हो। यो विषय अध्ययन गरेकाहरूले कम्प्युटर प्राविधिकका रूपमा काम गर्ने  अवसर पाउँछन्। बनेपा पोलिटेक्निक इन्स्टिच्युट काभ्रेले आइटीमा प्रमाणपत्र तहका लागि २४ जनालाई अध्ययनको सुविधा उपलब्ध गराउँदै  आएको छ।

by: साप्ताहिक ,,,,,,,,,,,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको