चुनाव नहुनेभएपछि अध्यादेश फिर्ता गरेको राष्ट्रपतिको प्रतिक्रिया


राष्ट्रपति डाक्टर रामबरण यादवले संविधानसभाको चुनाव हुन नसक्ने भएपछि आफूले सरकारी अध्यादेश फिर्ता गरेको बताउनु भएको छ । आज काठमाण्डुको सुन्दरीजलमा श्री ओख्रेनी माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै राष्ट्रपति यादवले चुनाव नहुने भएपछि अध्यादेश स्वीकृत गर्नुको अर्थ नरहने भएकाले फिर्ता पठाएको प्रतिक्रिया दिनुभयो । सरकार र एकीकृत नेकपा माओवादीले अध्यादेश फिर्ताबारे असन्तुष्टि जनाइरहेका छन् । राष्ट्रपति यादवले चारदलको टक्करका कारण राजनीतिक संकट गहिरिदै गएको पनि टिप्प्णी गर्नुभयो । राजनीतिक संकटको समाधानका लागि दलहरु मिल्नुको विकल्प नरहेकाले मिलेर अघि बढ्न पनि दलहरुलाई राष्ट्रपतिले सुझाव  दिनुभयो । कार्यक्रममा शिक्षा मन्त्री दीनानाथ शर्माले माध्यामिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार नीतिगत रुपमै लागेको बताउनुभयो । कार्यक्रममा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र कांग्रेस नेता आमोदप्रसाद उपाध्यायले शिक्षाको गुणस्तर खस्केका वेला सरकारी विद्यालयका लागि  सुधारको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । राष्ट्रपति यादवले स्वर्ण महोत्सवका अबसरमा स्कूलको ताम्रपत्र उद्घाटन गर्नुभयो ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको