काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै


नेपाली काङ्ग्रेसले वर्तमान राजनीतिक संकट समाधान र काङ्गेसको कार्यदिशाका विषयमा आजदेखि छलफल गर्दैछ । महामन्त्री कृष्णप्रसाद सिटौलाले हिजो पेश राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल सुरु हुनेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने आजको बैठकमा सिटौलाले हिजो प्रस्तुत गर्नु भएको समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशासम्बन्धी प्रस्तावमासँगै संघियताको विवाद टुङ्ग्याउन पनि छलफल हुनेछ ।  बैठकमा सहमतिका लागि कांग्रेसले खेल्ने भूमिका, अबको सरकारको नेतृत्वका विषयमा पनि सदस्यहरुले भनाई राख्ने केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले सीआईएनलाई जानकारी दिनुभयो । काङ्ग्रेस महामन्त्री सिटौलाले सरकारी गठबन्धन विरुद्ध आन्दोलनमा जानुपर्ने र विपक्षीहरुको शसक्त गठबन्धन बनाउनुपर्ने प्रस्ताव राख्नु भएको छ । बैठकमा आदिवासी जनजातिको समस्या अध्ययन गर्न नेता भीमबहादुर तामाङको संयोजकत्वमा गठन गरिएको समितिलाई राज्य पुर्नसंरचनाका विषयमा पनि पार्टीको धारणा तय गर्ने जिम्मेवारी दिने बारेमा अन्तिम निर्णय हुने महतले बताउनुभयो छ । समितिलाई यसअघि दिएको क्षेत्राधिकार कम भएको गुनासो आएपछि क्षेत्राधिकार बढाउँन केन्द्रीय समिति सकारात्मक भएको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको