जी न्युज च्यानलमाथि मुद्दा दायर

                  नयाँ दिल्लीमा सामूहिक बलात्कार भएकी एक छात्राका युवकमित्रसँग अन्तर्वार्ता लिइ प्रसारण गरेको भनी हिन्दी भाषाको जी न्युज च्यानलमाथि भारतीय प्रहरीले शनिबार अदालतमा एक मुद्दा दायर गरेको जानकारी दिएको छ।यस घटनाका विषयमा शुक्रबार एक फौजदारी अभियोग दायर भएको थियो। प्रहरीका अनुसार यस अन्तर्वार्ताका कारण पीडितको पहिचान बाहिर आउने र यसले पीडितको परिचय गोप्य रहनुपर्छ भन्ने कानुनी व्यवस्था उल्लङ्घन भएको छ।अन्तर्वार्ता प्रसारण हुँदा यी युवकमित्रको मुख राम्रोसँग देखाइएको थिएन। उनले डिसेम्बर १६ का रात भएको डरलाग्दो घटनाको विषयमा जानकारी दिएका थिए। उक्त रात उनीहरूले दिल्लीको दक्षिणी भागमा सिनेमा हेरी घर फर्कन एक निजी बस चढेका थिए।














































































http://nagariknews.com

, , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको