एमाओवादीले मुलुकमा सर्वसत्तावाद लादने कोसिस गर्यो "झलनाथ खनाल "
एमाले अध्यक्ष झलनाथ खनाल ले एमाओवादीले मुलुकमा आफ्नो सर्वसत्तावाद लाद्ने कोसिस गरिरहेकाले राष्ट्रिय सहमति हुन नसकेको आरोप लगाएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष खनालले सो पार्टीले कहिले संविधानसभा पुनःस्थापना र कहिले स्वतन्त्र व्यक्तिका नाममा प्रधानमन्त्रीको प्रस्ताव ल्याएर सहमतिलाई बिथोल्ने काम गरिरहेको आरोप लगाएका हुन् ।
‘एमाओवादीको बोलीको ठेगान छैन, बिहान एउटा कुरा गर्छ, बेलुकी अर्काे कुरा । ऊ अहिले पनि आफ्नो निरङ्कुशता लाद्ने कोसिस गरिरहेको छ,’ खनालले भने, ‘सहमति हुन नसकेकाले अब पार्टीले आन्दोलनको तयारी गरिरहेको छ र कलाकारहरूले पनि आन्दोलनका गीतहरू तयार गर्नुहोला ।’
उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा संस्थागत गर्न आवश्यक भएको भन्दै महिला हिंसाको विरुद्ध लाग्न कार्यकर्ताहरूलाई निर्देश गरे ।
ekantipur.com

0 comments