राष्ट्रपतिले संविधानको पुस्तक पूजा गरेर बस्न नमिल्ने "रामचन्द्र पौडेल"
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानको पुस्तक पूजा गरेर बस्न नमिल्ने बताउनु भएको छ ।नेपाल
निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको शनिबार पोखरामा
उद्घाटन गर्दै पौडेलले राष्ट्र अस्तव्यस्त भएको बेला संविधानको संरक्षक
भनेर पूजा गरेर बस्न उचित नहुने बताउनु भयो । राष्ट्रपति डा. रामवरण यादवले
अब संसदीय प्रणालीको मान्यताअनुरुप अब नयाँ प्रधानमन्त्री दिनु पर्ने
उहाँको भनाई थियो ।संसद् नभएको बेला राष्ट्रपति मात्रै देशको
एउटा आशाको केन्द्र रहेको भन्दै उहाँले कसैले पनि बोल्ने ठाउँ नराखीकन
राष्ट्रपतिका विशेषज्ञहरुले छलफल गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
0 comments