पत्रकार डेकेन्द्रको हत्या आरोपी ८ वषपछि पक्राउ
तत्कालीन नेकपा माओवादीले २०६१ साउन २७ गते अपहरण गरी हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका आरोपी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा द्धारी गाविस १ का लछीराम घर्ती मगर , वालुवाटार ६ का वीरवहादुर केसी , वालुवाटार ९ का निरक घर्तीमगर, द्धारी ३ का हरिवहादुर पुनमगर र रानीवन गाविसका जयवहादुर शाही रहेका छन् । थापाको हत्या भएको ८ वर्षपछि प्रहरीले आरोपीहरुलाई पक्राउ गरेको हो । पत्रकार थापालाई सुराकी गरेको आरोपमा तत्कालीन नेकपा माओवादी कार्यकताले निर्घात कुटपीट गरी हत्या गरेका थिए । आज विहान प्रहरीले निर्दोष व्यक्ती पक्राउ गरेकोभन्दै एकीकृत माओवादी र नेकपा–माओवादीका नेता र पूर्व सभासद भरत रेग्मी उनीहरुलाई छुटाउन प्रहरी कार्यालयमा पुगेका थिए । दिनभर पत्रकारहरुले प्रहरी कार्यालयमा धर्ना दिएपछि उनीहरु फर्किएका थिए । पक्राउ परेकाहरुसँग प्रारम्भिक अनुसन्धानपछि भोलि अदालतमा हाजिर गराइने डीएसपी सारदाप्रसाद चौधरीले जानकारी दिनुभयो
0 comments