लागु पदार्थ ओसारपसारमा सम्लग्न भएको आरोपमा गाँजा सहित तीन महिला पक्राउ

अवैध लागु पदार्थ ओसारपसारमा सम्लग्न भएको आरोपमा म्याग्दीमा प्रहरीले तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको दरबाङ बजारबाट आइतबार अवैध लागु पदार्थ गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाकै रुम(२ की तारादेवी शेरचन, मागी दर्जी र दीपा रोका रहेको प्रहरीले जनाएको छ। उनीहरुसँगबाट २० किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले बताए। प्रारम्भिक अनुसन्धानमा ती महिलाले गाँजा बुटवलतर्फ हिँडाएको भेटिएको छ। जिल्लाकै बिकट मानिने रुम गाविसमा व्यवसायिक रुममै गाँजा खेती गरेको सुराकीको आधारमा प्रहरीले त्यस क्षेत्रबाट आउनेलाई निगरानीमा राखेको थियो। पक्राउ परेका महिलालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको छ।
0 comments