आन्दोलन आज पनि जारी

                           महिलामाथिको हिंसा रोक्न, अनुसन्धान प्रभावकारी बनाउन र दोषीमाथि कडा कारवाही हुनुपर्ने माग गर्दै अधिकारकर्मीहरुले आज पनि प्रधानमन्त्री निवास अगाडी धर्ना दिएका छन । पटक पटक दबाब दिंदा पनि हिंसाका घटनामा फितलो अनुसन्धान भएकाले दोषीले उम्किने मौका पाएको भन्दै अधिकारकर्मीहरुले सरकारलाई यसप्रति ध्यानाकर्षण गराउँदै दबाब मूलक कार्यक्रम गरिरहेका छन् । यसैबीच, हिंसाका घटनामा भएको अनुसन्धानको अनुगमन गर्न बनेको समितिले अनुसन्धानको कामलाई निरन्तरता दिएको छ । काठमाडौं अनामनगरकी सरस्वती सुवेदीको शवको पुनः पोष्टमार्टम भएको र अध्यागनमको घटनाबारे पनि अध्ययन भईरहेको अनुगमन समितिका सदस्य रमेश ढकालले जानकारी दिनुभयो । शिक्षण अस्पताल काठमाडौं र धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच जना विज्ञको टोलीले सुवेदीको शवको पुनः पोष्टमार्टम गरेको हो । यस्तै समितिको टोली हिजो बारा गई विन्दु ठाकुरको हत्याबारे स्थलगत अनुगमन गरेको छ । टोली बाराबाट फर्किएपछि भोलीपर्सीमै बर्दियाकी शिवा हासमीको हत्या प्रकरणबारे बुझ्न त्यसतर्फ जाने तयारी छ ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको