प्रधानसेनापति आज नौ दिने भारत भ्रमणमा
प्रधानसेनापति गौरव शम्शेर जबरा आज नौ दिने भारत भ्रमणमा जानु भएको छ । भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहको निम्तोमा सेनापति राणा बिहान भारत जानु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भारतका बसाईका क्रममा भारतीय राष्ट्रपति प्रवण मुखर्जीले प्रधानसेनापति जबरालाई भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतका सेनापतिलाई एक अर्काको मानार्थ महारथीको सम्मान दिने परम्परा रहँदै आएको छ । मंगलबार मानार्थको उपाधि ग्रहण गरेपछि सेनापति राणाले महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम रहेको छ । सेनापति जबराले भारतका स्थल सेनाध्यक्ष,वायुसेना प्रमुख, नौसेना प्रमुख तथा भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । सेनापतिको राणा माघ २ गते मात्रै नेपाल फर्किनु हुनेछ ।
0 comments