बन्द ले सिन्धुलीको जनजीवन कष्टकर
सिन्धुली कारगारमा ५ दिन अघि भएको झडपमा परी एक कैदीको मृत्युको विषयलाई लिएर भएको बन्द ले सिन्धुलीबासीको जनजीवन कष्टकर बन्दै गएको छ । नेपाली कांग्रेस सिन्धुली र मृतकका आफन्तले गरेको बन्द का कारण आइतबार पनि लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन चलेका छैनन् । निजी तथा सार्वजनिक विद्यालयहरु बन्द छन् । सदरमुकामका पसलहरु पूर्णरुपमा बन्द छन् भने कलकारखानालाइ समेत बन्द ले असर गरेको छ । न्यायीक आयोग गठन, दोषीलाई कारबाही, मृतकको शव जिल्ला ल्याउनुपर्ने र क्षतीपूर्तीको माग रहेको कांग्रेसले जनाएको छ । गत बुधबार राति कारागारमा भएको झडपमा परी कैदी निरोज देवकोटाको मृत्यु भएको थियो । मृतक देवकोटा नेपाल तरुणदल सिन्धुलीका सदस्य हुन् ।
0 comments