बल्र्डलिंक कम्युनिकेसन्सको मुलुकमै तीव्र गतिको इन्टरनेट सेवा सुरु


 बल्र्डलिंक कम्युनिकेसन्सले मुलुकमै तीव्र गतिको इन्टरनेट सेवा सुरु गरेको छ । 'केवल जुम'  नाममा सुरु गरिएको इन्टरनेट निश्चित परिमाणमा १० एमबीपीएससम्म गतिमा चलाउन सकिने छ ।  कम्पनीले कम्तीमा १ हजार १ सय रुपैयाँ शुल्क तिरेर २० जीबीसम्म डाटा १० एमबीपीएस गतिमा चलाउन सक्ने छन् । तोकिएको डाटा परिमाण सकिएपछि डाटा सेवा लिएको अवधिभर ग्राहकले १ सय १८ केबीपीएस गतिमा इन्टरनेट चलाइरहन पाउने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले पत्रकार सम्मेलनमा बताए । 'बजारमा अहिलेसम्म आएका गतिको १० गुणा तीव्र इन्टरनेट सेवा हामीले ल्याएका छौं,' उनले भने, 'बजारमा १ एमबीपीएसभन्दा बढी गतिमा कुनै कम्पनीले सेवा दिन सकेका छैनन्् ।कम्पनीले सुरुमा काठमाडौं र ललितपुरको केही स्थानहरूमा सेवा सञ्चालनमा ल्याएको छ । अरू स्थानमा चरणबद्ध रूपमा विस्तार गर्दै लाने कम्पनीको कार्य योजना रहेको अग्रवालले बताए ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको