सुनचाँदीको भाउ फेरि बढ्यो
.jpg)
सुनचाँदीको भाउ सोमबार बढेको छ । छापावाल सुन आइतवारको तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेर सोमवार प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यसअघि आइतवार छापावाल सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।यसैगरी तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले नै बढेको छ । आइतवार ५७ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको तेजावी सुन सोमवार बढेर ५७ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा कुनै उचाढ चढाव नभएपनि नेपालमा बढेको भन्सार दरको प्रभाव सुनमा परेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
0 comments