चलचित्रकर्मीहरुले आफ्नो आन्दोलनको स्वरुप फेरे,मंगलबारदेखि आमरण अनशनमा


१२ दिन देखि रिले अनशनमा बस्दै आएका चलचित्रकर्मीहरुले आफ्नो आन्दोलनको स्वरुप फेरेका छन् । सोमबार सम्म रिले अनशनमा बसेका चलचित्रकर्मीहरु आज मंगलबारदेखि आमरण अनशनमा बस्ने भएका छन् ।आज  मध्यान्न १२ बजेदेखी ७ जना चलचित्रकर्मीहरु आमरण अनशनमा बस्न लागेका हुन् । आमरण अनशनमा बस्न लागेका चलचित्रकर्मीहरुमा बरिष्ठ कलाकार सुनिल थापा , हेमन्त बुढाथोकी, निर्देशक बिमल पौडेल , अंग्रज केसी, कुमार सिलवाल, निला बस्नेत, सुर्य रेग्मी छन् । २४ घन्टे रिले अनशनमा बस्दा पनि सरकारले मागको कुनै सुनुवाई नगरेपछि चलचित्रकर्मीहरुले आन्दोलनको स्वरुप कडा बनाउन लागेका हुन् ।
यस्तै आज  चलचित्र बिकास बोर्डको परिसरमा नागरिक समाज, नेपाल पत्रकार महासंघलाई समेत निमन्त्रणा गरिएको छ । आइतबारदेखि चलचित्र प्रदर्शनलाई ठप्प पार्ने निर्णयलाई पुनः बिचार गरिएको छ । शुक्रबारदेखि नयाँ सिनेमा प्रदर्शनमा आएकाले एक हप्ता हल बन्द नगर्ने निर्णय गरिएको हो । आउदो शुक्रबारदेखि भने कुनै पनि सिनेमा हलमा प्रदर्शनमा नगर्न चलचित्र संघलाई पत्र काटिएको छ । यस्तै आमरण अनशनका बिषयमा प्रधानमन्त्री कार्यलय र सुचना तथा संचारमन्त्रालयमा समेत पत्र पठाइएको छ ।
यस्तै आन्दोलनमा रहेका केही संस्थाका अध्यक्षहरुले चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष धमेन्द्र मरवैता लाई भेटेर सहकार्य गर्ने बचन दिएको बिषयमा संचारमाध्यममा आएको समाचारमा समेत आन्दोलनरत संघसंस्थाले ध्यानाकर्षण भएको बताएका छन् । चलचित्र निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलले भने, ‘यो बिषयमा पनि सोमबारको बैठकमा कुरा उठेको छ । बाटोमा भेट्दा बोल्नु सामान्य कुरा भएपनि त्यसलाई असामान्य बनाएर हल्ला फैलाइएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
उनले नव नियुक्त अध्यक्ष ‘पप्पु’ ले आन्दोलनाई फुटाउनका लागि यस्तो हल्ला फैलाउदै हिडेको आरोप समेत लगाए ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको