चलचित्रकर्मीहरुको मागप्रति समर्थन जनाउँदै केपी ओलीले भने" मरेन भनेर गाड्ने जातकाहरुले तपाईंहरुको माग पूरा गर्छन् जस्तो मलाई लाग्दैन’'
चलचित्र क्षेत्रमा योगदान दिएको व्यक्तिलाई चलचित्र बोर्डको नेतृत्व दिनुपर्ने माग गर्दै आजबाट आमरण अनसन सुरु गरेका चलचित्रकर्मीलाई नेकपा एमालेका नेता केपी ओलीले अहिलेको सरकार छिट्टै ढल्ने दाबी गर्दै अब धेरै दिन आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेता ओलीले चलचित्रकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दलहरुले पनि चलचित्रकर्मीको आन्दोलनलाई साथ दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले चलचित्र क्षेत्रको विकासका लागि बोर्डमा व्यावसायिक मान्छे नै आउनु पर्ने भन्दै आन्दोलनलाई निष्कर्षमा पु¥याउन सुझाव दिनुभयो । हरेक क्षेत्रलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने सत्तारुढ दलको नीति चलचित्र क्षेत्रमा पनि भएको भन्दै ओलीले आपत्ति जनाउनुभयो ।ओलीले भन्नुभयो-’सद्धे मान्छेलाई समेत धुलो पारेर कुट्दा पनि मरेन भनेर गाड्ने जातकाहरुले तपाईंहरुको माग पूरा गर्छन् जस्तो मलाई लाग्दैन’ पत्रकार डेकेन्द्र थापाको प्रसंग निकाल्दै ओलीले भन्नुभयो । उहाँले चलचित्रकर्मीहरुको जायज मागलाई सम्बोधन नगरी दुःख दिएको भन्दै सरकारको विरोध पनि गर्नुभयो
0 comments