अनुमति नलिई जथाभावी ट्युसन केन्द्र खुलेपछि नियन्त्रण गर्न कठिनाइ
जुम्ला, सदरमुकाम खलंगा आसपास बिनाअनुमति एक दर्जनभन्दा धेरै ट्युसन सेन्टर सञ्चालनमा छन् । अनुमति नलिई जथाभावी ट्युसन केन्द्र खुलेपछि नियन्त्रण गर्न कठिनाइ भएको शिक्षा कार्यालयले जनायो । अधिकांश विद्यालयमा विषयगत शिक्षक नभएका र कोर्ससमेत पूरा नभएकाले एसएलसी परीक्षाको तयारीका लागि ती ट्युसन केन्द्रमा भीडभाड छ । शिक्षा नियमावलीअनुसार ट्युसन कक्षा सञ्चालन गर्न चाहने इच्छुक शिक्षकहरूले शिक्षा कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । शिक्षा कार्यालयले बारम्बार आग्रह गरे पनि दुई वटा मात्र ट्युसन सेन्टरले निवेदन दिएका छन् ।
ट्युसन सेन्टरहरू नियमनमा नआउँदा विद्यार्थीहरूको पढाइ अव्यवस्थित भएको भन्दै अनेरास्ववियुले त्यस्ता ट्युसन केन्द्रहरू अनुगमन सुरु गरेको छ ।
0 comments