जाडो र गर्मी विदा कटौती गर्नेगरी विद्यालय बिदा गर्न थाले

नयाँ संविधान जारी हुने समय नजिकिंदै गर्दा बन्द र प्रदर्शन बढेको छ । यस्तोमा विद्यलाय चलाउने- नचलाउने सञ्चालक तथा प्रधानाध्यापक दोधारमा छन् । शिक्षा मन्त्रालयले चलाउन निर्देशन दिएको छ । विद्यालयहरूले भने जाडो र गर्मी विबदा कटौती गर्नेगरी विद्यालय बिदा गर्न थालेका छन् ।
शिक्षा मन्त्रालयले भने बन्दका लागि कुनै निर्देशन दिएको छैन । राजधानीका अधिकांश सामुदायिक विद्यालय बन्द भएका छन् भने निजी विद्यालयसमेत त्यसलाई पच्छ्याएका छन् । 'नयाँ संविधानप्रति राष्ट्रिय चासो बढिरहेकाले विद्यालय चलाउने स्थिति छैन', शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले भने, 'तर, पनि प्राविधिक रूपमा मन्त्रालयलाई बिदा घोषणा गर्न गाह्रो परेको छ । विद्यालय आफैले वर्षे बिदा काटिने गरी छुट्टी गरेका छन् ।' शैक्षिक तालिकाअनुसार वाषिर्क २ सय २० दिन पठनपाठन गर्नुपर्छ । त्यसमा गर्मी र जाडो गरी दुई महिना बिदा रहन्छ ।
शिक्षकले बिदाको आशा गरिरहेका बेला शिक्षा विभागले भने शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय सुचारु राख्न भनेको छ । 'सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषण गरेको छ', 'सामाजिक शान्तिका लागि विद्यालय शान्ति र शैक्षिक शान्ति जरुरी रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, 'कुनै पनि कार्यक्रमबाट विद्यालयको पठनपाठनको वातावरणमा असर नपुर्‍याउन र निर्बाध रूपमा शिक्षालयहरू सञ्चालनको सुनिश्चित वातावरण सिर्जना गरी बालबालिकाको पठन पाठनमा सहयोग पुर्‍याउन सम्बद्ध सबैबाट रचनात्मक सहयोगका लागि हार्दिक अपिल गरिन्छ ।'
आफ्नै तालिकाअनुसार सञ्चालित निजी विद्यालयका सञ्चालकसमेत अन्योलमा छन् । कतिपयले आकस्मिक बिदा दिने गरेको छन् भने अभिभावक अन्योलमा छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन -प्याब्सन) का अध्यक्ष  बाबुराम पोखरेलले पठनपाठन गर्ने/नगर्ने निर्णय प्याब्सन जिल्लाले गर्ने जनाए ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको