शिवपुरीमा ससुरा-बुहारीको शव फेला
शिवपुरी राष्ट्रिय निकुञ्जभित्र एक महिला र पुरुषको शव फेला परेको छ ।
निकुञ्जको द्वारपासे जंगलभित्र गागलफेदी घर भएका ४० वर्षीय केशमान लामा र
उनकी बुहारी ३० वर्षीया सन्नी भन्ने क्याम्पा राई लामालाई मृत भेटिएको हो ।
प्रहरीका अनुसार उनीहरूले विष सेवन गरेर आत्माहत्या गरेको हुन सक्ने
अनुमान छ । केशमानकी श्रीमती अर्कैसँग पोइल गएको र क्याम्पाका श्रीमान्
वैदेशिक रोजगारीका लागि विदेशमा थिए । ससुरा-बुहारी वैशाख ७ गतेदेखि
सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन्
0 comments