संविधान नबनाउने षड्यन्त्रमा माओवादी :अर्जुननरसिंह केसी"

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले माओवादी फेरि संविधान नबनाउने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ ।
नुवाकोटको समुन्द्रादेवीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता केसीले अहिले माओवादी नेतृत्वले दलहरुबीचको सहमतिको अपव्याख्या गर्न थालेको भन्दै काँग्रेस सहमतिबाट एक इन्च पनिपछि नहट्ने बताउनु भयो ।
पार्टीभित्र चरम असन्तुष्टि हुँदाहुँदै पनि काँगे्रस सम्झौता गरेको भन्दै उहाँले सहमति गरेर कार्यान्वयन नगर्ने माओवादी प्रवित्ति दोहोरिएका कारण संविधान निर्माणमा विश्वसनीय आधार समाप्त हुन थालेको बताउनुभयो । सहमतिको विश्वासिलो वातावरण निर्माणका लागि बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिएपनि सहमति अनुसार कांग्रेस नेतृत्वको सरकाले मात्र संविधान जारी गर्नसक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सभासद जगदीश्वरनरसिंह केसीले सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा नेतृतवले पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको