लोडसेटिङ एक घण्टा घट्यो

बिहीबार सम्म दैनिक ९ घण्टा लोडसेडिङ
हुँदै आएकोमा अझै ३५ लाख युनिट विजुली आपूर्ति कम भएका कारण दैनिक ८ घण्टा
कायमनै रहने प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार
क्षेत्रीले जानकारी दिएको खबर आजको कारोबार दैनिकले छापेको छ ।
क्षेत्रीले दिएको जानकारी अनुसार दैनिक १
करोड ५२ लाख युनिट विद्युतको माग रहेको छ । औद्योगिक क्षेत्रमा पनि दैनिक १
घण्टा घटाएर लोडसेडिङको समय ११ घण्टा बनाएको छ । ७० प्रतिशत चुवाहट हुने
ठाउँमा भने थप ५ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । प्रशारण
प्रणालीबाट २७ प्रतिशत चुहावट हुने गरेको पनि उल्लेख गरिएको छ ।
0 comments