नेपालको इतिहासमै पहिलो चोटी प्रधानमन्त्री र कानुन मन्त्रीलाई अदालतमा उपस्थित हुन आदेश

                                        सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान एवं कानुनमन्त्री कृष्णप्रसाद सिटौलालाई सात दिनभित्र स्वयं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्चको फैसलाविपरीत संविधानसभाको म्याद तीन महिना थप गर्न संविधान संशोधन विद्येयक दर्ता गराएको भन्दै अधिवक्ता कमलप्रसाद इटनीले दायर गरेको मुद्दामा अदालतले भट्टराई र सिटौलालाई उपस्थित हुन आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अदालतको अवहेलना भएको भनी परेको मुद्दाको सुनुवाई गर्दै प्रधानमन्त्री भट्टराई र कानुनमन्त्री सिटौलाई ७ दिनभित्र लिखित जवाफका साथ उपस्थित हुन आदेश दिएको हो ।
कानुनअनुसार अदालतको अवहेलना गर्नेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्छ । तर आफ्नो गल्ती सकारी अदालतका सामु माफी मागेमा त्यो इजलासलाई चित्त बुझेमा सजाय मिनाहा हुनसक्ने व्यवस्था पनि छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको