जाऊँ हिड पोखरा

                                                     एक महिना अघि सुरू हुने भनिएको फिल्म जाऊँ हिड पोखराको सुटिङ बल्ल सुरू भएको छ । आज देखि यो फिल्मको सुटिङ दरबार मार्ग एरियाबाट सुरू गरिएको हो । 'बन्दका कारण एक महिना ढिलो भयो तर पनि अब रफ्तारमा अघि बढ्ने छौ', निर्देशक सोभित बस्नेतले भने ।
सोभितको यो पच्चिसौं नम्बरको फिल्म हो जसकारण विगतका फिल्म भन्दा हाई मेकिङका साथ अघि बढ्ने उनले बताए । बार्षिक ३ वटा सम्म फिल्म बनाउने सोभितले अबको दुई देखि तीन बर्षको अन्तरालमा मात्र फिल्म निर्देशन गर्ने सुस्त सन्यास घोषणा गरिसकेका छन् । २०५१ सालमा पहिलो फिल्म राजकुमार बनाउदा उनी जति हर्षित थिए आज पच्चिसौं फिल्म सम्म आईपुग्दा आफूले धेरै उतार चढाव भोगेको उनले बताए । उनी भन्छन्, 'पच्चिसौं फिल्म भएकाले यो फिल्म मेरा लागि चुनौती हुनेछ र फिल्म उत्कृष्ट बनाउन आज सम्मकै सवैभन्दा धेरै लगानी यो फिल्मका लागि छुट्टयाएको छु ।'  
जाऊँ हिड पोखराका लागि उनले ७० लाख बजेट छुट्याएका छन् । यस अघि उनले चिनो फिल्ममा ५५ लाख लगानी गरेका थिए जसको ईनिसियल व्यापार राम्रो हुँदा पनि उनले केही लाख  घाटा बेहोर्नु पर्‍यो । । पछिल्लो समय हिरोईनको कथामाथि रोज राणा र नवराज आचार्यले फिल्म बनाउने तयारी गरिरहेका बेला सोभितले रेखा थापाको जिवनसंग मेल खाने २० प्रतिशत कथा यो फिल्ममा समावेश गरेको बताए । 'फिल्ममा पनि रेखा रियल लाईफकै जस्तो नम्बर वान हिरोईन भएर खेल्दैछिन् तसर्थ फिल्म मेकिङमा मैले ठूलो ध्यान दिनै पर्छ', उनले भने ।

 काठमाण्डूमा एक हप्ताको सुटिङ सकेपछी उनले युनिट लिएर एक हप्ताका लागि सर्लाही र जनकपुर त्यसपछी पोखरा हुँदै जोमसम पुगेर फिल्म प्याकअप गर्नेछन् । ध्रुव लम्सालले लेखेको यो फिल्ममा पनि सोभितले राजेन्द्र खड्गीलाई फाईट मास्टरको रूपमा अनुबन्धीत गरेका छन् । यो फिल्म सहित शोभितको १३ वटा फिल्ममा राजेन्द्र दोहोरिएका छन् । यो फिल्मबाट सोभितले साउन्ड ईन्जिनियर अमित श्रेष्ठलाई संगीतकारको रूपमा डेब्यू गराएका छन् भने कोरियोग्राफर शंकर विसीसंग पहिलो पटक संगै काम गर्दैछन् उनी । यस्तै यो फिल्ममा राम गौतम र आरूष गुरूङ नयाँ कलाकारको रूपमा रहेका छन् भने नन्दु श्रीवास्तव र जिके शर्माको पनि आफ्नो फिल्मको कलाकार रहेको उनले बताए ।

जाऊँ हिड पोखरा निर्देशन सकिना साथ उनले फिल्म प्रोडक्सनलाई तिब्रता दिनेछन् जस अनुरूप सलोन फिल्मसको ब्यानरबाट उनले नयाँ निर्देशक लिएर युवराज भन्ने फिल्म बनाउदैछन् ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको