'छुटको लुट' कम्पनी विरुद्ध उजुरी

                          सर्वसाधारणमाझ भ्रम र आतंक फैलाएको भन्दै बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीविरुद्ध उजुरी परेको छ । 
उपभोक्ताको अधिकारको क्षेत्रमा सक्रिय संस्था उपभोक्ता हित संरक्षण मञ्च नेपालले कम्पनीले संचालन गरेको भ्रमपूर्ण विज्ञापन 'बजाज छुटको लुट' विरुद्ध प्रतिस्पर्धा बोर्डमा उजुरी हालेको हो । 
'हरेक खरिदमा स्क्र्याच कार्ड एक लाखसम्मको छुट, हरेक दिन लक्की ड्रबाट एक लाख लुट्ने मौका' भन्ने वाक्यांश राखी माथिपटि आम सर्वसाधारणलाई आतंक फैलाउने गरी कम्पनीले मुकुण्डोधारी लुटेरालाई प्रश्रय दिएको मञ्चले दाबी गरेको छ ।  
अधिवक्तासमेत रहेका जगन्नाथ मिश्रले हालेको उजुरीमा मुलुकको शान्ति सुरक्षामा समेत खलल पुग्ने गरी विभिन्न सन्चारमाध्यमबाट दिनहुँ गरिने यो प्रचार सामाग्रीमा छुटको लुटजस्ता भ्रम र आतंकपूर्ण शब्द राख्ने कानुनी अधिकार नभएको जिकिर गरिएको छ ।  कम्पनीको यस्तो कि्रयाकलापले कानुनविहीनता अव्यवस्था र दण्डहीनाताको अवस्था सिर्जना भइ आम सर्वसाधारण उपभोक्तामा त्रासदी फैलाउने काम भएको भन्दै मञ्चले यस्तो कार्य तत्काल रोकी कम्पनीलाई 'प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३' बमोजिम कार्वाही तथा दण्ड गर्न समेत माग गरेको छ । 

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको