प्रत्यक्ष प्रशारण को निहुमा NTV महाप्रबन्धकलाई निकालियो

                                         सरकारले काठमाडौंको खुलामन्चबाट विपक्षी २७ दलको आमसभाको प्रत्यक्ष प्रशारण गरेको भन्दै यसअघि स्पष्टीकरण लिइएका नेपाल टेलिभिजनका महाप्रबन्धकलाई हटाएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एनटिभीका कायम मुकायम महाप्रबन्धक दिपकमणि धिताललाई पुरानै पदमा फर्काउने निर्णय गरेको हो । 
गत जेठ २६ गते नेपाली कांग्रेस नेकपा एमालेलगायत २७ दलले गरेको आमसभाको प्रत्यक्ष प्रशारण गरेकोबारे यसअघि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले महाप्रबन्धक धितालसँग मौखिक स्पष्टीकरण समेत लिएका थिए । 

महाप्रबन्धकबाट धिताललाई हटाउने सरकारी निर्णयप्रति नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले विरोध जनाएको छ । 
शाखाले सोमबार विज्ञप्ति निकाली कानुनतः महाप्रबन्धकको नियुक्ति गर्ने र हटाउने अधिकार नेपाल सरकारको भए पनि टेलिभिजनले गरेको प्रत्यक्ष प्रशारणको विषयलाई नै लिएर महाप्रबन्धकलाई निकालिएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको छ । 
'नेपाल टेलिभिजनले मिति २०६९।२।२६ गते विपक्षी दलहरुले काठमाडौको टुँडिखेलमा गरेको आमसभाको प्रत्यक्ष प्रसारण गरेको सन्दर्भमा कायम मुकायम महाप्रवन्धक धिताललगात नेपाल टेलिभिजनको उच्च व्यवस्थापनसँग सरकारले पटक-पटक सोधपुछ गरिरहेको थियो ।' विज्ञप्तिमा भनिएको छ । - 'एउटा संचार माध्ययमको प्रमुखले कर्तव्य निर्वाह गर्ने शिलशिलामा गरेको कामलाई लिएर गरिएको सोधपुछ र आज पदबाट हटाउने निर्णयलाई हामीले त्यसैको श्रृंखलाको रुपमा लिएका छौं ।'
स्वतन्त्र प्रेस र जनताको सुसूचित हुने अधिकारको रक्षा गर्नुपर्ने संचारमाध्यमले गरेको कामको विषयलाई निहूँ बनाएर यस्तो कदम चाल्नु नितान्त निन्दनीय भएको कर्मचारीहरुको भनाइ छ । 

यस्तो कामले स्वतन्त्र संचार माध्यम खासगरी एनटिभीको निष्पक्षता कायम रहन नसक्ने निष्कर्ष पनि टेलिभिजन महासंघले निकालेको छ ।  
स्वतन्त्र पत्रकारिता र पेशागत व्यावसायिकता अनुरुप अधिकतम सन्तुलित रुपमा सम्प्रेषण गर्दै आएको वास्तविकता बिर्सेर सरकारले यस्तो निर्णय गरेको भन्दै कर्मचारीहरुले स्वतन्त्र पत्रकारिता र संस्थागत स्वायत्ततामा अंकुश लगाउने र नेपाल टेलिभिजनको साख गिराउने यस्तो काम रोकेर एनटिभीलाई स्वतन्त्र रुपमा काम गर्न दिन पनि सरकारसँग माग गरिएको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको