'लोकतन्त्रलाई सिध्याउन खोज्नेहरू आफू समाप्त भएर जान्छन् ; "सुशील कोइराला"
कांग्रेस सभापति सुशील कोइरालाले माओवादी प्रजातन्त्र सिध्याउन खेलमा
लागेको बताएका छन् । कांग्रेस नेता राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिका
अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति कोइरालाले भने,
'लोकतन्त्रलाई सिध्याउन खोज्नेहरू आफू समाप्त भएर जान्छन् ।'
कार्यक्रममा कांग्रेस वरिष्ट नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि आएको खतराको चुनौती समाना गर्न पार्टी एक भएर जानुको विकल्प नरहेको बताएका छन् । देउवाले अहिलेको निकासका लागि प्रमुख राजनीतिक दलहरुबीच सहमति नै अन्तिम विकल्प भएको बताए । उनले माओवादीले एकलौटी रूपमा निर्वाचनको घोषणा गरेका कारण सहमति हुन नसकेको बताउँदै संविधानसभाबाट संविधान बन्न नसक्नुको जिम्मेबार माओवादी मात्रै भएको बताए ।
उपसभाति पौडेलले प्रजातान्त्रिक शक्तिलाई पाखा लगाएर सिध्याउने षडयन्त्रमा माओवादी लागेको आरोप लगाए । उनले पार्टीभित्र विवाद भएका कारण लोकतन्त्र कमजोर भएको धारणा समेत राखे । कार्यक्रममा नेताहरु विमलेन्द्र निधि, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ लगायतका नेताहरुले धारणा राखेका थिए ।

0 comments