प्रहरीमा व्यापक सरुवा

सरकार कामचलाउ भैसकेकाले ठूलो प्रभाव पार्ने निणर्य गर्नु नहुने भन्दै अन्य दलले विरोध गरिहेका बेला सरकारले प्रहरीमा व्यापक सरुवा गरेको छ । चुनावको मिति तोकिसकेको र निर्वाचन आयोगले समेत निर्वाचन आचारसंहिता लागू गरिसकेको बेला मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्रालयले सोमबार उच्च प्रहरी अधिकारीहरुको सरुवा गरेको हो ।  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई ब्राजिल जानुअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ जना एआईजी र १९ जना डिआईजीको सरुवा गरेको छ ।    त्यसलगत्तै निर्णय कार्यान्वयन गर्दै गृहलेले आयुक्त कार्यालय काठमाडौंका कुवेरिसंह रानालाई कार्यविभागमा पठाएर उनको ठाउँमा मानवस्रोतका एआईजी नवराज ढकाललाई ल्याएको छ ।   त्यस्तै मानव स्रोत विभागमा किरण गौतम, प्रशासनमा भिष्म प्रसाईं र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एआईजी प्रकाश कुँवरलाई सरुवा गरिएको छ ।  मन्त्रालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाका केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी उपेन्द्रकान्त अर्याललाई ल्याएको छ । व्यूरोमा डिआईजी सुरेन्द्र शाहलाई लगिएको छ ।  सरुवा हुने अन्य डिआईजीहरुमा पर्शुराम खत्री पूर्वान्चल, यादव अधिकारी मध्यमान्चल, रमेशशेखर बज्राचार्य पश्चिमान्चल, केशबहादुर शाही मध्यपश्चिमान्चल, सुशीलबरिसंह थापा सुदूरपश्चिमान्चल, राजेन्द्रिसंह भण्डारीलाई तालिम निर्देशनालयमा लगिएको छ ।  त्यस्तै, वीरेन्द्रबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल, केशव अधिकारी मेट्रो- २, गोपाल भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नारायण बस्ताकोटीलाई प्रति आतंकवाद सेलमा सरुवा गरिएको छ ।  विज्ञानराज शर्मा र टपेन्द्रध्वज हमाललाई लागु औषध कानुन कार्यान्वयन इकाई नयाँवानेश्वरमा पठाइएको छ ।  मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको ब्राजिल भ्रमणलाई स्वीकृत गर्दै उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने समेत निर्णय गरेको छ । 

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको