किस काण्ड का विद्यार्थी हाम्रा होइनन् | "हामी यसबारे कानुनी लडाइँ लड्छौ"
नवलपरासीको गैँडाकोटस्थित रानीखोलामा सामूहिक चुम्बन खाने चार जना विद्यार्थी स्थानीय सरस्वती निकेतन विद्यालयका पूर्वविद्यार्थी भएको पुष्टि भएको छ । चार जोडी विद्यार्थीले सामूहिक चुम्बन गरिरहेको भिडियो यु–टयुबमार्फत सार्वजनिक भएको थियो ।
सरस्वती निकेतनले बुधबार पत्रकार सम्मेलन गरी यस घटनामा विद्यालयको नाम मुछिएकोप्रति दु:ख व्यक्त गरेको हो । विद्यालयले घटनामा संलग्नमध्ये कुनै पनि विद्यार्थी हाल अध्ययनरत नरहेको जनाएको छ । ‘चार जना केही पहिलेका विद्यार्थी हुन्, अरू वरिपरिका विद्यालयका छन् तर हाम्रो नाम जोडेर प्रचारबाजी भएकोमा हामी दु:खी भएका छाँै,’ सरस्वती निकेतनका प्रिन्सिपल भरतबन्धु कँडेलले भने ।
भिडियोमा देखिनेमध्ये दर्शना गुरुङ र कविता गोतामेलाई कक्षा १० मा पढ्दापढ्दै अश्लील क्रियाकलापमा लागेको भनेर विद्यालयले निष्काशन गरेको प्रिन्सिपल कँडेलले जानकारी दिए । त्यस्तै किस्मत गुरुङ र अजित भुजेलले गत साल एसएलसी सकेर विद्यालयबाट गएको उनको भनाइ छ । भिडियोमा देखिएका रजिना कुमाल, टेकबहादुर, रोजिना थापा, दुर्गा नाम गरेकाहरू अन्य विद्यालयका रहेको सरस्वती निकेतनले जनाएको छ ।
स्थानीय समुदायले स्कुले विद्यार्थीले यसरी सामूहिक चुम्बन गरेको भिडियो सार्वजनिक हुनुलाई अश्लीलताको पराकाष्ठा भनेका छन् । दृश्यमा रानीखोलाको किनारका ढुंगामाथि किशोर–किशोरीले चुम्बन गर्दै कसले लामो समयसम्म गर्न सक्ने भनी प्रतिस्पर्धा गरिएको देखिन्छ । हाल विद्यालयसँग असम्बन्धित बिद्यार्थीहरूको भिडियोमा नाम जोडेर यु–टयुबमा सार्वजनिक गरिएकोमा सरस्वती निकेतनले कानुनी उपचारका लागि उजुरी गर्ने जनाएको छ । ‘हाम्रो विद्यालयको नाम जोडेर किन सार्वजनिक भयो, हामी यसबारे कानुनी लडाइँ लड्छाँै, साइबर अपराधको मुद्दा दर्ता गर्ने तयारी गर्दै छाँै,’ प्रिन्सिपल कँडेलले भने ।

यू टियूवको भिडियो ..(क्लिक गर्नुस) http://www.youtube.com/watch?v=RfAcfKAzDLQ
0 comments