राजधानीका पर्यटकीय सहरमा पहिलो पटक विद्युतीय बस चलाउने तयारी


                    काठमाडौं महानगरपालिकाले राजधानीका पुराना भित्री सहरमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन निषेध गर्दै ब्याट्रीबाट चल्ने सवारीसाधन चलाउने तयारी गरेको छ । महानगरपालिकाले न्युरोड, धर्मपथ, खिचापोखरी, सुन्धारा, इन्द्रचोक, असन लगायतका पुराताŒिवक र पर्यटकीय सहरमा पहिलो पटक विद्युतीय बस चलाउने तयारी गरेको हो । इन्धनबाट चल्ने सवारीसाधनले वायु तथा ध्वनि प्रदूषण बढाएकाले विद्युतीय बस चलाउन लागेको उसको तर्क छ । महानगरपालिकाले चिनियाँ कम्पनीद्वारा उत्पादित विद्युतीय सवारी चलाउने तयारी गरेको हो ।
जसमा चालकसहित १४ जना अट्छन् । पहिलो चरणमा तीन सवारी चलाउने लक्ष्य छ । त्यो सफल भए ठमेलमा पनि विस्तार गरिने महानगरको योजना छ । सो बसको साढे १३ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ । उसले बालुवाटारस्थित नेभी ट्रेड लिंकमार्फत सवारी खरिद गर्ने योजना बनाएको छ । यो विद्युतीय सवारी ८ देखि १० घन्टासम्म बिजुलीबाट चार्ज गर्नुपर्छ । एकचोटि चार्ज भएको सवारीले ७० किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । सो विद्युतीय सवारी धुवाँ ननिकाली गुड्नुका साथै आवाज पनि कम हुने नेभी ट्रेड लिंकका विजयमान शेरचन बताउँछन् ।
‘गाडीको आवाज यति कम हुन्छ कि गुडेकै थाहा हुन्न,’ विद्युतीय सवारीबारे उनले भने, ‘सञ्चालन खर्चमा समेत इन्धन सवारीको तुलनामा एकतिहाइ कम पर्छ ।’ ‘पुराताŒिवक तथा पर्यटकीय क्षेत्र व्यवस्थापनअनुरूप हामीले विद्युत्बाट चल्ने सवारी सञ्चालन गर्ने तयारी गरेका हौं,’ महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर अधिकारीले भने, ‘यसका निम्ति व्यवसायीहरूसँग छलफल सुरु भएको छ ।’
महानगरपालिकाले विद्युतीय सवारीसाधन सञ्चालनमा आएपछि इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्ने भएको छ । स्थानीयवासीका हकमा भने महानगरपालिकाले परिचय–पत्र प्रदान गर्ने भएको छ । ‘विद्युतीय बस सञ्चालनमा आएपछि इन्धनबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्नेछौं, स्थानीयका हकमा भने परिचय–पत्र प्रदान गरिनेछ, परिचय भएका सवारीसाधनलाई मात्र चल्न दिइनेछ,’ कार्यकारी प्रमुख अधिकारीले भने । महानगरपालिकाले पर्यटकीय क्षेत्रमा पैदलयात्रीको संख्या बढाउने लक्ष्य पनि राखेको छ ।
न्युरोड, खिचापोखरी, इन्द्रचोक, असनजस्ता ठाउँमा सवारी पार्किङ समस्या जटिल छ । हाल त्यहाँ कालोपत्रे सडकमाथि नै पार्किङ गर्ने गरिएको छ । तर, अब सवारीवालाले आफ्नो सवारीभित्र लान नपाउने भएपछि भित्री पार्किङ समस्या घट्ने महानगरपालिकाको दाबी छ । महानगरपालिकाले काठमाडौं मल, सिभिल मल र रत्नपार्कलाई पार्किङको वैकल्पिक उपाय भनेको छ । खबर राजधानी दैनिकले छापेको छ 

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको