फेरी सामूहिक बलात्कार
दिल्लीमा एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको एक महिना पनि
नपुग्दै त्यस्तै खालको अर्को घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको
छ । पञ्जाब राज्यको अमृतसर नजिकै २९ बर्षीया महिलालाई सामूहिक बलात्कारको
आरोपमा पञ्जाब प्रहरीले ६ जना पक्राउ गरेको हो ।
अमृतसर नजिकैको गाउँमा ओर्लिन खोजेकी ती महिलालाई चालक र कन्डक्टरले गाडी
नरोकी एकान्तस्थल पुर्याएका थिए । उनीहरुले थप ५ जना साथी बोलाएर रातभर
बलात्कार गरेको आरोप महिलाले लगाएकी छन् । संलग्न भनिएको अर्का एक जना
फारार छन् ।
डिसेम्बर १६ मा दिल्लीमा सामूहिक बलात्कारकी शिकार बनेकी २३ बर्षीय छात्राको उपचारको क्रममा ज्यान गएको थियो ।

डिसेम्बर १६ मा दिल्लीमा सामूहिक बलात्कारकी शिकार बनेकी २३ बर्षीय छात्राको उपचारको क्रममा ज्यान गएको थियो ।
0 comments