जनयुद्धको जगमा जनविद्रोहमा जाने

क्रान्तिका लागि परिस्थिति परिपक्व भएको ठहर
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष वैद्यले जनविद्रोहका लागि लेनिनले भनेका वस्तुगत अवस्था परिपक्व भएको र आत्मगत स्थिति पनि चाँडै परिपक्व हुने संश्लेषण गर्नुभएको अर्का केन्द्रीय नेता अनिल शर्मा विरहीले अनलाइनखबरलाई बताउनुभयो । ‘लेनिनले भनेको वस्तुगत अवस्था परिपक्व छन्, आत्मगत स्थिति पनि तुरुन्तै निर्माण गर्न सक्छौं, तयारीमा जानुपर्छ ।’- वैद्यको भनाइ उधृत गर्दै शर्माले भन्नुभयो ।
तर, नेपालमा लेनिनले भनेजसरी क्रान्ति नहुने भन्दै वैद्यले जनयुद्धको जगमा मात्रै जनविद्रोह सम्भव हुने संश्लेषण गरेको शर्माले जानकारी दिनुभयो । ‘नेपालमा रुस र चीनका दुबै विशेषतालाई मिलाएर मात्रै क्रान्ति सम्भव छ । क्रान्तिकै दौरानमा विशिष्ट मोडल निर्माण हुन्छ ।’-बैद्यको संश्लेषण छ ।
प्रचण्ड र बाबुराम एक नम्बरका दलाल
नेकपा-माओवादीले आफ्ना पूर्वनेताद्धय प्रचण्ड र बाबुरामलाई एक नम्बरको दलाल भनेका छन् । नेता यादवले भन्नुभयो-’प्रचण्ड बाबुराम भारतीय विस्तारवाद र नवउपनिवेशवादको एक नम्बरका दलाल हुन्, त्यसको भण्डाफोर गछौं ।’अरुको दलाललाई प्रधानमन्त्री बनाउन आन्दोलनमा नजाने
नेकपा-माओवादीले संसदवादी शक्तिहरुले मुलुकलाई निकास दिन नसक्ने भन्दै क्रान्तिकारीको नेतृत्वमा सरकार हुनुपर्ने बताएको छ । ‘अब संसदवादी शक्तिहरुले मुलुकलाई निकास दिन सक्दैनन’ यादवले भन्नुभयो-’अब देशको जिम्मा हामी लिन्छौं र देशलाई अगाडी बढाउँछौं । त्यसका लागि क्रान्तिकारीको नेतृत्वमा सरकार हुनुपर्छ ।’ माओवादीले वामपन्थी, गणतन्त्रवादी र देशभक्त शक्तिहरुसँग मोर्चाबन्दी गरेर अघि बढ्ने बताएको छ ।
बाबुराम सरकार विरुद्ध कांग्रेस, एमालेसँग मिलेर आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा आइतबार नेताहरुले बोलेका छन् । सोक्रममा नेताहरुले बाबुरामलाई प्रधानमन्त्रीबाट हटाएर ‘अर्को दलाल’लाई कुर्सीमा पुर्याउन आन्दोलन नगर्ने भन्दै आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । कांग्रेस, एमालेलगायतका विपक्षी दलले चाहिँ सुशीललाई प्रधानमन्त्री बनाउने शर्तमा वैद्यपक्ष आफूहरुमको मोर्चामा आउने अपेक्षा गरेको थिए ।
onlinekhabar.com
0 comments