प्रधानमन्त्रीको निर्देशनप्रति (नेजा) को आपत्ति
विज्ञप्तिमा भनिएको छ,’हामी चाहान्छौ
कानुनको बर्खिलाप हुने जुनसुकै घटनाका दोषीहरुलाई कानुनी कारवाही हुनैपर्छ ।
अपराधीले राज्यको प्रशासन र पार्टी विशेषको आडमा उन्मुक्ति पाउनु हुदैन ।
कानुनभन्दा माथि कोही पनि छैन र हुनेछैन । अपराधी जो जुनसुकै पार्टीको
भएपनि त्यो अपराधी नै हो त्यस्तालाई संरक्षण गर्नु भनेको अन्तर्राष्टिय
जगतमा समेत मुलुकको साख गुमाउनु हो ।’
नेजाले थापाको हत्या गरेको अपराधमा संलग्न
अपराधीलाई पक्रेर अनुसन्धान गर्न लाग्दा प्रधानमन्त्रि भट्टराई र
महान्यायधिबक्ता मुक्ति प्रधानले अपराधीलाई संरक्षण गर्न लागेको लज्जास्पद
कार्यप्रति घोर भत्र्सना गरेको छ । उसले नेपाल पत्रकार महासंघले यसको
विरुद्ध गरिरहेको आन्दोलनप्रति एक्येवद्दता जनाएको छ ।
0 comments