काठमाडौँ, ४ असार-तीन दिनदेखि लगातार परेको भारी वर्षातका कारण दैलेखको मालीकामा घर भत्किदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । मालिका गाविस वडा नं २ छडुङको मोहन कुमालको घर भत्किदा उहाँको घरमा भएका सातजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मोहन कुमाल, श्रीमती तुल्छा कुमाल, छोराहरु गणेश चुनारा, खगेन्द्र
चुनारा, नगेन्द्र चुनारा, त्यस्तै छोरीहरु कृष्ण चुनारा र गिता चूनाराको मृत्यु भएको हो । यसैबीच भारी वर्षातकै कारणले दैलेखको कर्णाली नदिको बाढीका कारण तल्लो डुङगेस्वरमा २५ घर डुबानमा परेका छन भने सात्तला गाबिसको रामघाटमा पनि ३० घर डुबानमा परेका छन भने ५ घर बगाएको प्रहरीले जनाएको छ । यसैबीच भारी वर्षातकै कारण दैलेखको मध्यपहाडी राजमार्गको घेराउ मोड फुट्दा जगनाथ ५ बुङचिका २८ घरपरिवार आज विस्थापित भएका छन । पहिरोले भद्रबहादुर शाही, र अम्मरबहादुर तिरुवाको घर बगाउँदा उक्त घरमा बस्ने २ जना च्यापिएको अवस्थामा स्थानिय बासिन्दाले सकुशल उद्वार गर्न सफल भएका छन ।
कालीकोट
आईतबारदेखि भएको अबिरल बर्षाका कारण कालिकोट जिल्लामा १२ जना बेपत्ता भएका छन् । जिल्लाको मेहलमुडि गाबिस वडा नं. ४ लामाबगर र मुम्रा गाबिस वडानं. १ विद्युत पावरहाउस नजिकै रहेको चोक्टे बगर भन्ने ठाउँमा सान्निगाढबाट बाढि आउदा १४ पसल १५ वटा घट्ट बगाउनुका साथै १२ जना बेपत्ता भएका छन् । १२ जना मध्य २ जनाको लास खोटे भन्ने ठाउमा भेटिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारि दिनुभएको छ । बेपत्ता भएका अन्यको खोजि कार्य जारि रहेको छ । बेपता हुने हरुमा सिपखाना २ का सत्यबहादुर शाही, उनकी श्रीमती सरिता शाही ५ वर्षका छोरा र ३ वर्षकी छोरी, स्थानिय व्यापारी चन्चला शाही, कला थापा, भुपे शाही, कमरा शाही, हिमचुली शाही, मेहेलमुडी ४ का मनबहादुर शाही जिल्ला बिकास समिति कालिकोटमा कार्यरत फुकोट घर भएका प्राबिधिक कृष्ण न्यौपाने, हुरुन्डेक कालिकोटमा कार्यरत प्राबिधिक थिपु घर भएका टक्क वम रहेका छन ।
अछाम
लगातार भएको वर्षाका कारण पहिरोमा परी अछामको कुन्तीवण्डाली गाविसमा एकै घरका आमा छोरीको मृत्यु भएको छ । गएराती ११ बजेतीर घर माथिवाट आएको पहिरोमा परी गाविसको वडा नं. ३ मीस्तुर निवासी मीन वहादुर वोगटीको श्रीमती अनिसा वोगटी र ४ वर्षिया रविना वोगटीको मृत्यु भएको हो । मीन वहादुर वोगटी सहित छोराहरु मुकेश वोगटी र रोहीत वोगटी घाईते भएका छन् । पहिरोमा पुरिएर ज्यान गुमाएका पिडितका परिवारलाई जिल्ला प्रशासन कार्यालय अछामले राहात उपलब्ध गराएको छ ।
गुलरिया
विगत तिन दिन देखि परेको अविरल वर्षाका कारण कर्णाली नदिमा पानीको सतह बढेपछि बर्दियाको राजापुर क्षेत्रका केही गाविस तथा गाउँहरु जलमग्न भएका छन् । कर्णाली नदिमा पानीको सतह वृद्धि भै खतरा सतह भन्दा माथि पुगेपछि राजापुर, भिम्मापुर, दौलतपुर, पाताभार लगायतका गाविसमा पर्ने दुर्गा नगर, नंगापुर, तिघ्रा, टिउनी, शंकरपुर, चैनपुर गोडीयाना गाउँहरु जलमग्न भएका हुन् । बाढीले करिब एक हजार ५ सय घर डुवानमा परेका छन् ।
सरकारद्वारा बाढीपीडित दुई जिल्लालाई एक करोड राहतको घोषणा
सरकारले बाढी पीडित दुई जिल्ला कन्चनपुर र दार्चुलालाई ५०÷५० लाख आर्थिक सहयोग उपलब्ध गराउनेभएको छ । आज बिहान बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले यस्तो निर्णय गरेको छ । यसैगरी बाढीपीडितका लागि तत्काल पाँच कम्बल वितरण गरिने पनि निर्णय भएको छ । गृह मन्त्रालयले औषधी र राहतसहितको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।
डोटी
यहि असार २ गते आईतबारदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा डोटीको तोलेनी गाविस स्थित ६३ किलोवाट क्षमता भएको साईलीगाड तेश्रो जलविद्युत आयोजनाको पावर हाउस बगाएको छ । जल विद्युत आयोजनाको पावर हाउस माथिबाट आएको पहिरोले आधा जति मेशिनका सामानहरु बगाएको र आधा सामानहरु पुरीएको स्थानिय भक्तराज उपाध्यायले जानकारी दिनुभयो । पावर हाउसमा कार्यरत ३ जना कर्मचारी भने भागेर बाँच्न सफल भएका छन् । लघु जलविद्युत आयोजनाको पावर हाउस नै बगेपछि कूल ६ सय ११ घरधुरीका मानिसहरु मर्कामा परेका छन् । त्यस्तै डोटीकै रानागाउँ गाविस २ जमलकट्टे स्थित दुर्गा प्राथमिक विद्यालयको भवनमाथिबाट आएको पहिरोले भत्काएपछि आजबाट पठनपाठन अवरुद्ध भएको स्थानिय प्रेम विकले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण डोटीको सिमचौर गाविसमा भीरबाट ढुङ्गा खस्दा एकजनाको मृत्यु भएको छ । मृतकको नाम ठेगाना खुल्न सकेको छैन । स्थानीयको सहयोगमा शवको उदार गपरएको छ । यसैगरी गगुडा गाविसको रौवा खोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने दुईजना बाँच्न सफल भएका छन् । रोपाई गर्न गएका बेला खोला तर्ने क्रममा हिजो साँझ ५ बजे गगुडा गाविस ३ निवासी देवी बोगटीलाई खोलाले बगाएको हो । बोगटीको खोजि कार्य जारी रहेको स्थानिय गणेश बोगटीले जानकारी दिनुभयो ।
नुवाकोट
नुवाकोटको ओखरपौवा गाविस ४ को तल्लो सिउडिनीमा फैलिएको रोगको प्रकोप नियन्त्रणमा आएको छ । शनिबारदेखि फैलिएको रोगको प्रकोप हिजो साँझबाट पूर्णरुपमा नियन्त्रणमा आएको टेकु अस्पताल काठमाडौका चिकित्सकहरुले जनाएका छन् । अव्यवस्थित रुपमा फ्याँकिएको फोहोरबाट हैजा फैलिएको अनुमान गरिए पनि सिउडिनीबासीले प्रयोग गर्ने पानीको जाँच गराउँदा पानीमा खराबी देखिएको चिकित्सकहरुले जनाएका छन् । भाइरल प्रकोपबाट बिरामी भएर टेकु अस्पतालमा भर्ना भएका २३ जना बिरामीहरु पूर्णरूपमा निको भइसकेको अस्पतालले जनाएको छ ।
हुम्ला
असार १ गतेदेखि लगातार रूपमा परेको वर्षाका कारण सिमकोट ९ स्याम्ने गाउँ पुरै जलमग्न भएको छ भने गाउँले सबै सुरक्षाका लागि गाउँमाथि भएको ओढारमा गएका छन् । वर्षाले बुराउँसे घट्टे खोला र हुमाने खोलामा आएको बाढीले पानीको बहाव अत्याधिक भएको कारण गाउँ जलमग्न भएको उद्धारमा गएका टोलीमा संलग्न टेकबहादुर रोकायाले जानकारी दिएका छन् । स्थानीयबासी गाउँ छाडेर भागेका छन् भने उनीहरुको उद्धारका लागि सदरमुकाम सिमकोटबाट गएको डेड सय जनाको सुरक्षा टोली गाउँमा जाने बाटो नै बगाएपछि टोली फिर्ता भएको छ । वर्षाले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएको छ । वर्षाले जिल्लााको एकमात्र आवतजावतको माध्ययम हवाई सेवासमेत तीन दिनदेखि ठप्प छ । वर्षाले कर्णालीको बहाव एकाएक बढेपछि कर्णाली तिरैतिरको बाटो पुरै डुबानमा परेको छ भने छिप्रा ९ लेखको खोणको खोलमा गएको पहिरोका कारण हुम्ला कर्णाली १० मिनेट सम्म नियमित बहावसमेत रोकिएको थियो ।
दार्चुला
भारतीय क्षेत्रमा रहेको धोलीगंगा जलविद्युत परियोजनाका कारण दार्चुलामा बाढिले क्षति पु¥याएको जिल्लास्थित सरोकारवाला निकायहरुले बताएका छन् । आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा भएको जिल्ला दैवी प्रकोप राहत उद्दार समितिको बैठकमा जिल्लास्थित राजनीतिक दल र सुरक्षा निकायको बैठकले यस्तो निष्कर्ष निकालेको हो । असार २ गते सदरमुकाम खलंगामा १३ वटा सरकारी भवन, व्यक्ति घर तथा पसलहरु ४७, १७ वटा अस्थायी टहरा र चारवटा मठ मन्दिर र पूल बगाएको छ । परियोजनाले जानकारी नै नदिई ड्याम खोल्दा दार्चुलामा तीनदेखि भौतिक संरचना भत्काउने काम गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले भारतीय एसडीएमसँग पटकपटक फोन गर्दा पनि फोन रिसिभ नभएको बैठकमा जानकारी गराउनुभयो । जिल्लास्थित एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा–माओवादीले भारतीय पक्षले सुनियोजित ढंगले बाँधबाट पानी निकाली क्षति भएको बताएका हुन् । भारतीय पक्षले आफ्नो क्षेत्रमा भने माइकिङ गर्दै बस्ती हटाएको थियो । भारतीय पक्षले आफ्नो क्षेत्रमा पक्की तडबन्धका कारण दार्चुलाले ठूलो क्षति बेहोरेको छ । बैठकले सदरमुकामलाई संरक्षण गर्न महाकाली किनारमा पक्की तटबन्ध लगाउनुपर्ने बताएका छन् । यसैबीच सदरमुकाम खलंगामा बाढिबाट विस्थापित भएका परिवारको अवस्था र सङ्ख्या पत्ता लगाउन तीनवटा समूह बनाई परिचालित गरिएको छ । राजनीतिक दल सम्मलित टोलीले बाढिको यकिन क्षति र तथ्याङ्क सङ्कलन गर्ने जनाइएको छ ।

संविधानसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन भएको ३ महिनापछि संविधानसभाको निर्वाचनको मिति घोषणा भएको हो ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले आगामी मंसिर ४ गतेका लागि संविधानसभा निर्वाचनको मिति घोषणा गरेको हो । चुनावको मिति घोषणा गर्न एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चाले दबाब दिंदै आएका थिए । नेकपा(माओवादी, संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम नेपालगायतले भने चुनाव घोषणाको विरोध गरेका छन् ।बैठकले मंसिर ४ गते चुनाव गर्ने गरी निर्वाचन सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिकोमा पठाउने निर्णय पनि गरेको छ । यस्तै बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र पुर्ननिर्धारण आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा मंगलबार सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार यस वर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले आज दिउसो सवा ३ बजे नतिजा सार्वजनिक गरेको हो । २०६९ सालको एसएलसी परीक्षामा कुल पाँचलाख ११ हजार सहभागी भएका थिए ।

का छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।यसमध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्पटेडतर्फ १लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको नतिजा आज ३:३० बजे सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा तयारीको लागि बसेको परीक्षा समितिको बोर्ड बैठक सकिएको छ । र अर्को बैठक फेरी बस्ने तयारी भैरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रलाद अर्यालले जानकारी दिनुभयो |
परीक्षाको नतिजा www.meronepalnews.blogspot.com मा हेर्न सकिने छ । त्यस्तै परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।

बागलुङ, जेष्ठ १८-नेपाल बार एसोसिएसनले खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने आङ्खनो पुरानो अडानलाई दोहो¥याएको छ ।
बाग्लुङ सदरमुकाममा आज सम्पन्न दुई दिने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले रेग्मीको राजीनामा माग्ने पूर्वनिर्णयलाई अनुमोदन गरेको हो । बैठकपछि जारी १९ बुँदे बाग्लुङ घोषणापत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट लोकमानसिंह कार्कीलाई हटाउन र अब आइन्दा जनआन्दोलनका विरोधीलाई नियुक्त नगर्न सरकारसमक्ष आग्रह गरिएको छ ।
बैठकपछि एसोसियसनका उपाध्यक्ष टिकाराम भ
ट्टराईले रेग्मीको राजीनामा माग्नेलगायत बारले यसअघि गरेका निर्णयहरुलाई परिषद बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो । बैठकले संविधानसभा चुनावको वातावरण तत्काल बनाउन पनि माग गरेको छ । परिषद बैठकको उद्घाटन हिजो कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले गर्नुभएको थियो ।
घोषणापत्रमा राजनीतिक एवं समसामयिक विषयमा पाँचवटा बुँदा समावेश छन् । जसमा, प्रधानन्यायाधीश पदबाट खिलराज रेग्मीले राजीनामा दिनुपर्ने, लोकमानको नियुक्ति बदर गरिनुपर्ने र भविष्यमा जनआन्दोलनका दोषीलाई नियुक्त गर्न नहुने उल्लेख छ । राजनीतिक वातावरण बनाउँदै अविलम्ब निर्वाचनको मिति घोषणा गर्न बारले माग गरेको छ ।

र्गको चन्द्रनिगाहपुर स्थित राजमार्ग नै जलमग्न हुने गरेको छ ।
काठमाडौ, जेष्ठ १८ -नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए निर्वाचन हुन कठिन हुने बताउनुभएको छ । नेपाल विद्यार्थी समाज लम्जुङले काठमाण्डुको गरेको कार्यक्रममा काङ्ग्रेस उपसभापति पौडेलले अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए सरकार र निर्वाचन समस्यामा पर्ने बताउनुभयो । उहाँले बहालावाला प्रधानन्यायाधीश मन्त्रिपरिषदद् अध्यक्ष रहने संवैधानिक प्रावधान रहेको दावी गर्नुभयो । उहाँले रेग्मीको राजीनामा माग गर्दै गणतन्त्र दिवस बहिष्कार गर्नु आपत्ति जनक रहेको बताउनुभयो । पौडेले मंसिरमा चुनाव हुनु आबश्यक रहेकाले अब बाँकी कुरा छाडेर चुनावमा लाग्नुपर्ने बताउनुभयो ।