Breaking News......... प्रधानमन्त्रीले राजीनामा दिने...........
१० प्रदेश माने प्रधानमन्त्रीले राजीनामा दिने
माओवादीले दश प्रदेशसहितको संघीय खाकामा कांग्रेस एमालेले सहमति जनाए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा गर्ने निर्णय गरेको छ ।
माओवादी संस्थापन पक्षको बिहीवार बिहान बसेको स्थायी समितिको अनौपचारिक वैठकले माओवादीले अघि सारेअनुसार दश प्रदेशमा नामाङ्कनसहित सहमति जुटेर संबिधान आउने सुनिश्चीत भए प्रधानमन्त्रीले राजीनामा दिने निर्णय गरेको हो ।
वैठकमा माओवादी अध्यक्ष प्रचण्डले संघीयताको बिषयमा आफ्नो प्रस्तावमा कांग्रेस एमाले सहमत भए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो । यसबारे नेपाली कांग्रेसका नेताहरुलाई अनौपचारिक प्रस्ताव पठाइसकेको प्रचण्डले जानकारी दिनुभएको थियो ।
वैठकपछि प्रचण्डनिकट नेता हरिवोल गजुरेलले भन्नुभयो- हामीले प्रस्ताव गरेअनुसार नामाङ्कनसहित दश प्रदेशमा कुरा मिल्यो भने प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ ।’ त्यसो हुँदा जेठ १४ अघि नै संबिधानको मस्यौदा आउने ग्यारेन्टी हुने र बाँकी कामका लागि रुपान्तरित संसदलाई दिने गरि संबिधानसभाको म्याद नथप्न सकिने गजुरेलले बताउनुभयो । तर संबिधानका मुख्य बिषयमा सहमति नजुट्दासम्म प्रधानमन्त्रीले राजीनामा नदिने र त्यो पाँचबुँदेको मर्म पनि नभएको गजुरेलको दावी छ ।
प्रचण्डले केहीसमय अघि दश स्वसासित र चितवन केन्द्र शासित हुने खाका पेश गर्नुभएको थियो । जसमा प्रदेशको नाम एउटा जातीय पहिचान र अर्को भौगोलिक गरि दुईवटा संयुक्त नाम रहने प्रस्ताव गरिएको थियो ।
प्रचण्डको प्रस्तावअनुसार कांग्रेस केन्द्रीय समितिको जारी वैठकमा पनि दश प्रदेशबारे छलफल भइरहेको बताइएको छ । कांग्रेस र एमालेले दश प्रदेशमा सहमति जनाए जेठ १४ अघि मस्यौदा आउने र मस्यौदासँगै प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।
स्थायी समिति सदस्य बर्षमान पुनले कांग्रेस र एमालेसँग संबिधानका बिषयमा कुरा मिले जेठ १४ भित्रै संबिधान आउनसक्ने अबस्था रहेको बताउनुभयो । सहमति नभएपनि उपसमिति वैठक बस्ने र बिबादित बिषयका प्रश्न संबैधानिक समितिमा लगिने पुनले जानकारी दिनुभयो ।

0 comments