खारेज भयो `9 O`Clock` को स्क्रिप्ट

स्क्रिप्टमा ज्यादा अष्लिलता देखिएको भन्दै चलचित्र विकास बोर्ड अर्न्तगतको स्क्रिप्ट छनोट समितीले फिल्म `9 O`Clock` को स्क्रिप्ट खारेज गरिदिएको छ ।  सामाजिक मर्यादालाई ख्याल नगरी स्क्रिप्ट  बनाईएको भन्दै खारेज गरिएको समिती सदस्य सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई जानकारी गराए  ।
केहि दिन अगाडी  टाईटल  दर्ता नगरी सुटिङ गरेको भन्दै विकास बोर्डले उक्त फिल्मको सुटिङ रोकेको थियो । तर अहिले आएर स्क्रिट पनि पास नभए पछि फिल्म निर्माण युनिट तनावमा रहेको छ । समिती सदस्य दर्पणका अनुसार निर्माण युनिटले स्क्रिप्ट खारेज भएपछि नयाँ स्क्रिप्ट ल्याएको थियो तर फिल्मको नाम दर्ता नयाँ प्रक्रियाबाट गर्नु पर्ने भएपछि सो फिल्मको सुटिङ अगाडी बढ्न सकेको छैन ।
निर्माण युनिटले अब नयाँ स्क्रिप्ट दर्ता गरि फिल्म सुटिङ गर्नुपर्ने हुन्छ । `9 O`Clock` को एक साता जति सुटिङ भईसकेको थियो । अहिले आएर सुटिङ रोक्नु पर्दा निर्मातालाई ठूलो घाटा लागेको छ । शुरूमा फिल्मको नाम 'A 69' राखिएको थियो तर बोर्डले सो नाम अश्लिल भएको भन्दै परिवर्तन गर्न सल्लाह दिएपछि युनिटले '9 O'clock' राखेको हो ।
यस्तै स्क्रिप्ट छनोट समितीले भक्त मुभि मेकर्सको फिल्म 'वार' को स्क्रिप्ट पनि खारेज गरेको छ । सो फिल्मको स्क्रिप्टमा पनि अष्लिल भएको भन्दै खारेज गरिएको सदस्य दर्पणले बताए । समितीले अहिले थुप्रै स्क्रिप्टको अध्ययन गरिरहेको छ र ति मध्ये केहि फिल्मको स्क्रिप्ट खारेज हुन सक्ने बताएको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको