अत्याधिक तापक्रमले गर्दा फिल्मकर्मीलाई हस्पिटल भर्ना
चौथौं दिनमा सुटिङ चलिरहेको फिल्म 'मञ्जरी' का चार फिल्मकर्मी अत्याधिक
तापक्रमले गर्दा बिरामी हुन पुगे । शनिबार ४४ डिग्री तापक्रम भईंदिंदा सहन
नसकेर बिरामी भएका फिल्मकर्मीलाई हस्पिटल नै भर्ना गर्नुपर्यो ।

यता दुई दिन काम गरेर फिल्मकी कलाकार रष्मि भट्टले युनिटलाई थाहै नदिई
अर्को सुटिङमा गई दिंदा निर्माण युनिट अर्को तनावमा पर्यो । निर्देशक
पाण्डे भन्छन्, 'उहाँले अर्को फिल्ममा पनि एग्रिमेन्ट गर्नुभएको रहेछ
त्यसैले अर्को युनिटबाट चर्को दबाब आएकाले उहाँ जानु भाको हो र त्यसपछि
हामीले उहाँको सट्टामा कोपिला थापालाई एग्रिमेन्ट गरि काम गराईसक्यौं ।'
कलाकारहरू प्रोफेस्नल नभईंदिदा फिल्मकर्मीले यस्ता दु:ख बेलाबेला बेहोर्दै
आउनु परेको यथार्थता रहेको पाण्डेको भनाई छ ।टुका इन्टरटेन्मेण्टको व्यानरमा नरेश पाण्डे र महेश चालिसेले निर्माण
गरिरहेको सो फिल्ममा गौरव पहाडी र सुजाता कोईराला मुख्य भुमिकामा छन् । यि
दुई नयाँ अनुहारले टिनेजर केटाकेटीको प्रेमकथालाई प्रतिनिधित्व गर्दै अभिनय
गरेका छन् । साथमा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला
थापाको मुख्य भुमिका रहनेछ । कालिप्रसाद बाँस्कोटाको संगीत र गम्भिर
बिष्टको करियोग्राफी रहने सो फिल्ममा भारतबाट आएका नेपाली महेश पौडेललाई
सिनेमाटोग्राफरको जिम्मा दिईएको छ । महेशलाई क्यामेरामा केहि भारतिय
प्राबिधिकले साथ दिएका छन् ।
0 comments