धान रोप्ने बेला भैसक्यो अझ मल पाइएन
धान रोप्ने र मकै गोड्ने सिजनले किसानहरूलाई भ्याई नभ्याई चटारो छ ।
त्यहीमाथि दिनहुँ धाउँदा पनि रासायनिक मल नपाइएपछि उनीहरू नराम्ररी
पिरोलिएका छन् । सरकारले भने मलको हाहाकार हटाउन कुनै तत्परता देखाएको छैन ।
बरु कृषि सामग्री कम्पनीले बीस दिनयता मल उपलब्ध नहुने जनाएको छ । कृषि
मन्त्रालय स्रोतले मल खरिद प्रक्रिया नै अन्योलमा रहेकाले यो सिजनमा मल
आउने सम्भावना नै कम भएको बताएको छ ।दिनहुँ कृषि सहकारी धाउँदा पनि मल नपाएपछि राजधानी आसपासका किसान आक्रोशित
भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका किसानले कालाबजारीका
कारण मल नपाएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय कुलेश्वरमा
मंगलबार धर्ना दिए । बिहान ४ बजेदेखि कार्यालय परिसर आएर लाम लागेका
किसानलाई मल नभएको जानकारी गराएपछि उनीहरू क्रुद्ध भएका थिए । उनीहरूले
गोदाम जाँचको माग पनि गरेका छन् । भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी
परिचालन गरिएको थियो । किसानहरूले कृषि सामग्री कम्पनी लिमिटेडका निमित
प्रबन्ध सञ्चालक शशिराज तुलाधरको कार्यकक्षमा समेत प्रदर्शन गरे ।
लिमिटेडका निमित प्रबन्ध सञ्चालक तुलाधरले यसपालि वैशाखमा रासायनिक मल अभाव भएको भन्दै तत्काल उपलब्ध गराउन नसकिने बताए । 'गलत अश्वासन दिनु हुन्न, जति चाँडो गरे पनि बीस दिनअगाडि कुनै पनि हालतमा मल उपलब्ध गराउन सकिँदैन,' उनले भने ।
भारतबाट १२ हजार मेटि्रक टन रासायनिक मल आउन बाँकी रहेको उल्लेख गर्दै उनले उपत्यका भित्रिन केही दिन लाग्ने बताए । सहकारीले कालोबजारी गरेको भेट्टाए कारबाही गरिने पनि उनले बताए । खड्का भद्रकाली गाविसकी हरिमाया श्रेष्ठले तीन दिनसम्म लगातार लिमिटेडमा धाउँदा पनि मल नपाएको बताइन् । लिमिटेडका कर्मचारी र सहकारी सञ्चालकहरूको मिलेमतोमा दोब्बर मूल्यमा मल बिक्री भइरहेको समेत उनको आरोप छ ।
'प्रतिबोरा २४ सय रुपैयाँ दिए गाउँमै मल पाइएको छ, कालोबजारी नभए कसरी पाइन्छ,' उनले भनिन् । सरकारले सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ । लिमिटेडले अनुदानको मल प्रतिबोरा १२ सय २२ रुपैयाँ (युरिया), डीएपी १७ सय २२ रुपैयाँमा बिक्री गर्दै छ । केही सहकारीहरूले युरिया प्रतिबोरा २४ सय रुपैयाँमा बिक्री भइरहेको किसानहरूले आरोप लगाएका छन् ।झोर महांकालकी सुनिता कार्कीले एक बोरा मलका लागि तीन दिन लगातार बिहान ४ बजेदेखि धाउँदासम्म पनि नपाएको बताइन् । 'हामीले धेरै पनि मागेका छैनौं, एक बोरा पनि उपलब्ध गराउन सक्दैन भने किन चाहियो सरकार र यो लिमिटेड ?' उनले आक्रोश व्यक्त गरिन् । खेतीपातीको मौसममा लिमिटेडले आफूकहाँ दर्ता भएका काठमाडौं, भक्तपुर र ललितपुरका करिब ४ सय ५० सहकारीलाई पचास बोरा मल उपलब्ध गराउँदै आएको छ ।
सरकारले सहुलियको रूपमा किसानलाई मलमा २० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । १ लाख २० हजार मेटि्रक टन रासायनिक मल आवश्यक पर्ने कम्पनीको अनुमान छ । कुल मलको ३० प्रतिशतभन्दा बढी मल उपत्यकामा मात्र माग हुने लिमिटेडका अधिकारीको दाबी छ । प्रबन्ध सञ्चालक तुलाधरले उपत्यकाका तीन जिल्ला मात्र नभई यससँग जोडिएका सबै जिल्लाका किसानहरूलाई यहींबाटै मल उपलब्ध गराउनुपर्ने भएकाले अप्ठ्यारो परेको बताए ।रासायनिक मल नपाए मुलुकभर धान र तरकारी ३० प्रतिशत, उखुमा ७० प्रतिशत, मकैमा ४० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।

0 comments